close

कसैकाे इमेल आउँदा झर्काे लाग्छ ? यसरी रोक्नुहोस्

टेकपाना टेकपाना

असोज १६, २०७७ १५:१५

कसैकाे इमेल आउँदा झर्काे लाग्छ ? यसरी रोक्नुहोस्

काठमाडौं । तपाईंलाई कहिले काहि कुनै व्यक्तिको इमेल कहिल्यै नआओस् भन्ने लाग्न सक्छ । तर, तपाईं त्यसलाई इमेल पठाउनबाट रोक्न भने सक्नुहुन्न ।

यस्तोमा तपाईंले त्यस्तो व्यक्तिको इमेललाई आफ्नो इनबक्समा आउँने बित्तिकै स्वचालित रुपमा डिलिट गर्न भने सक्नु हुन्छ । जिमेल हेर्दा समान्य जस्तो लाग्छ । तर, यसको पावरफुल फिल्टरिङ सिस्टमले यसलाई भिन्न बनाएको छ ।

यसमा इमेल यति छिटो डिलिट हुन्छ कि तपाईंले उक्त इमले आएको थियो समेत कुनै महसुस गर्न पाउनु हुनेछैन । त्यसका लागि हामी यहाँ आवश्यक प्रक्रिया बताउँदै छौं ।

यसका लागि सुरुमा आफ्नो डेक्सटप तथा कम्प्युटरमा जिमेल खोल्नुहोस् र माथि सर्च बक्सको दायाँ भागमा रहेको ‘एरो’ मा क्लिक गर्नुहोस् ।

The arrow on the Gmail search box.

उक्त एरोमा क्लिक गर्दा एड्भान्स सर्च अप्सन खुल्नेछ । त्यसको माथि रेहको ‘फ्रम’ सेक्सनमा जसको इमेल नआओस् भन्ने चाहनुहुन्छ, उसको इमेल राख्नुहोस् ।

त्यसपश्चात अन्त्यमा रहेको ‘क्रियट फिल्टर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

The filter creation panel.


‘क्रियट फिल्टर’ मा क्लिक गरेसँगै त्यहाँ धेरै अप्सनहरु देखा पर्नेछन् । त्यसमध्ये ‘डिलिट इट’ अप्सनमा क्लिक गर्नुहोस् र क्रियट फिल्टरमा क्किल दबाउनुहोस् ।

The filter options panel.


यति गरेसँगै जिमेलको वेबसाइटको बाँया साइडको तल कन्फर्मेशन बक्स देखिनेछ र तपाईंको इमेलमा उक्त इमेल आईडीबाट इमेल आउन बन्द हुनेछ ।

The filter creation confirmation message.


यो त थियो बन्द गर्ने तरिका । बन्द त गरियो तर, यदि कुनै दिन उक्त इमेल फेरी आवश्यक पर्‍यो भने के गर्ने ? त्यसका लागि आवश्यक प्रक्रिया पनि हामी यहाँ बताउँदै छौं ।

त्यसका लागि इमेलको सर्च बक्सको साइडमा रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ’सी अल सेटिङ’ भन्ने अप्सन देखिने छ ।

त्यसमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै सेटिङ खुल्नेछ । जहाँ तपाईंले विभिन्न अप्सन देख्नुहुनेछ । त्यसमध्ये ‘फिल्टर एण्ड ब्लक एड्रेस’ मा क्किल गर्नुहोस् ।

The Settings cog and the "See all settings" button.


त्यसमा क्लिक गरेसँगै तपाईंले ब्लक गर्नु भएको इमेल एड्रेस त्यहाँ देखिने छ । त्यसको दाँया तर्फ रहेको ‘डिलिट’ बटमा क्लिक गर्नुहोस् ।

The "Filters and blocked addresses" tab, and the "Edit" and "Delete" buttons.

यति गरेसँगै तपाईंलाई ब्लिक भएको इमलेबाट इमले प्राप्त हुन थाल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०