काठमाडौं । इतिहास हेर्ने हो भने गुगलको ‘गुगल ग्लास’ एउटा असफल परियोजना बन्यो । तर, पनि कम्पनीले विभिन्न वेयरयबल डिभाइसमा ठूलो लगानी गरिरहेको छ ।
गुगलका पछिल्ला परियोजनामा रियालिटी ग्लास, भर्चुअल रियालिटी कन्ट्रोलर्स, स्मार्टवाच लगायत छन् । अब उक्त सूचीमा एउटा अर्को नयाँ कुरा थपिएको छ ।
सीनेटका अनुसार गुगल अहिले हाई–टेक टेम्प्रोररी ट्याटुमा काम गरिरहेको छ । जसले तपाईंको छालालाई नै टचप्याडमा परिणत गर्नेछ ।
त्यसका लागि कम्पनीले प्रविधियुक्त स्किनमास्कको प्रयोग गर्नेछ । जुन अन्तरक्रियात्मक र यथार्थपरक हुनेछ । उक्त स्किनमास्क हातका औंला अथवा हातका विभिन्न भागमा लगाउन सकिनेछ ।
जसमा सेन्सरको प्रयोग गरिएको हुनेछ । ती सेन्सरमार्फत तपाईंले अन्य डिभाइसलाई त्यहीँबाट नियन्त्रण गर्न सकिनेछ । त्यसका लागि अत्यन्तै पातलो र तन्काउन मिल्ने स्किनमास्क तयार गरिने उल्लेख छ ।
त्यसका लागि गुगलले लगानी गरेको सारल्याण्ड विश्वविद्यालयको रिसर्च टिमले काम गरिरहेको प्राजेक्टको ह्वाइट पेपरमा उल्लेख गरिएको छ ।