कोरोनाबाट ट्रम्पको मृत्युको कामना गर्नेको बाढी, हटाउने फेसबुक र ट्वीटरको प्रतिवद्धता
असोज १९, २०७७ १२:२०
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएपछि अहिले उनको मृत्युको कामना गर्ने किसिमका पोस्ट तथा कमेन्टहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् । तर सोसल मिडिया कम्पनीहरुले त्यस किसिमका पोस्टलाई अब आफ्नो प्लेटफर्ममा राख्न नदिने बताएका छन् ।
गत बिहीबार राष्ट्रपति ट्रम्पले आफू र प्रथम महिला मेलनिया ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको बताएपछि धेरै मानिसहरुले सामाजिक सञ्जालहरुमा खुल्लारुपमा उनको मृत्युको कामना गरेका थिए ।
फेसबुकका प्रवक्ताले शुक्रबार त्यस प्रकारका पोस्टले आफ्नो प्लेटफर्मको प्रयोगकर्ता नीतिलाई उल्लंघन गरेका कारण त्यसलाई हटाइने बताए ।
To be clear, Facebook is removing death threats or content targeted directly at the president that wishes him death, including comments on his posts or his page – in addition to content tagging him. https://t.co/9eVkO1xXIs
— Liz Bourgeois (@Liz_Shepherd) October 3, 2020
‘राष्ट्रपतिको पोस्ट तथा पेजमा कमेन्टको रुपमा तथा फेसबुकमा उनलाई ट्याग गर्दै मृत्युको कामना गरिएका कमेन्ट तथा पोस्टलाई फेसबुकले हटाउने कुरा स्पष्ट पार्न चाहन्छौं,’ फेसबुकका प्रवकर्ता लिज बोर्गिजले ट्वीट गर्दै भनेका छन् ।
यस्तै ट्वीटरपले पनि शुक्रबार राति कसैको गम्भीर रोग र मृत्यु चाहने किसिमका पोस्टलाई हटाउने बताएको छ । तर कम्पनीले पोस्ट वा अकाउन्टलाई निलम्बन भने गर्ने छैन ।
tweets that wish or hope for death, serious bodily harm or fatal disease against *anyone* are not allowed and will need to be removed. this does not automatically mean suspension. https://t.co/lQ8wWGL2y0 https://t.co/P2vGfUeUQf
— Twitter Comms (@TwitterComms) October 2, 2020
ट्वीटरमा आइरहेका आपत्तिजनक तथा घृणास्पद पोस्टहरुलाई तत्काल प्रतिक्रिया दिन नसकेको भन्दै आलोचकहरुले उक्त सामाजिक सञ्जालमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।
Seriously though, this is messed up. The death threats towards us should have been taking more seriously by @TwitterComms https://t.co/IOS7s2n1wx
— Rashida Tlaib (@RashidaTlaib) October 3, 2020
डेमोक्रेटका चार महिला संसादले पनि ट्वीटरको आलोचना गरेका थिए ।
सिनेटबाट ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
