close

भ्रामक समाचार तथा भिडियो प्रसारण गर्ने ‘युट्युवर’ पक्राउ

टेकपाना टेकपाना

असोज २१, २०७७ १६:४५

भ्रामक समाचार तथा भिडियो प्रसारण गर्ने ‘युट्युवर’ पक्राउ

काठमाडौं । व्यक्तिको चरित्रहत्या गर्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली एचडी युट्युव च्यानलका सञ्चालक पसल रोकायालाई प्रहरीले पक्राउ गरी साइबर अपराधको मुद्दा अगाडि बढाएको हो ।

जुम्ला कनकासुन्दरी गाउँपालिका ७ रोकाया वडागाउँका रोकायालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रोकायाले कर्णाली एचडी युट्युव च्यानल तथा फेसबुक पेज, कर्णाली आवाज डटकम वेबसाइट र अन्य फेक अकाउन्ट बनाएर विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

साथै रोकायाले सीटीईभीटी तथा नर्सिङ काउन्सिलको परीक्षा तथा लोक सेवा परीक्षामा पास गराइदिने नाममा रकम समेत ठगी गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०