close

क्रिप्टोकरेन्सी प्रवर्द्धन गरेको आरोपमा म्याकफी एन्टीभाइरसका संस्थापक पक्राउ

टेकपाना टेकपाना

असोज २२, २०७७ ७:४४

क्रिप्टोकरेन्सी प्रवर्द्धन गरेको आरोपमा म्याकफी एन्टीभाइरसका संस्थापक पक्राउ

काठमाडौं । साइबर सेक्युरिटी उद्यमी जोन म्याकफी स्पेनमा पक्राउ परेका छन् । कर छली तथा ठगीको आरोपमा पक्राउ परेका म्याकफीलाई स्पेन सरकारले अमेरिकालाई सुपुर्दगी गर्ने तयारी गरेको छ । 

आइसीओ टोकन सेल्सको संख्यालाई प्रोमोट गर्न म्याकफीलाई २ करोड ३१ लाख डलरको क्रिप्टोकरेन्सी एसेट गोप्यरुपमा भुक्तानी गरिएको अमेरिकी सेन्युरिटी एण्ड एक्सचेन्ज कमिसन एसईसीको आरोप छ ।

यसबाहेक अमेरिकी न्याय मन्त्रालयले म्याकफी विरुद्ध कर छलीका धेरै आरोप लगाएको छ । म्याकफीले नियतवश नै संघीय सरकारलाई भुक्तानी गर्नुपर्ने आयकर छली गरेको मन्त्रालयको आरोप छ । 

एसईसीले म्याकफी विरुद्ध सिभिल चार्ज लगाएको जानकारी दिएको छ । म्याकफी क्रिप्टोकरेन्सी प्रयोगको लागि खुल्ला रुपमा बोल्ने व्यक्ति हुन् । उनले क्रिप्टोकरेन्सीलाई बारम्बार प्रोमोट गर्दै आइरहेका छन् ।

उनले यसअघि लिब्रटेरियन दलबाट राष्ट्रपतिको उम्मेद्वारको रुपमा उठ्दा समेत यसलाई आफ्नो चुनावी नाराको आधार बनाएका थिए । 

उनी म्याक फी एन्टीभाइरस सोल्युसन कम्पनीका संस्थापक हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०