काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन (सिएसआरआई नेपाल) र एनपी सर्टको आयोजनामा अन्तर्राष्ट्रियस्तरको साइबर सेक्युरिटी वेबिनार सुरु भएको छ ।
‘राष्ट्रिय साइबर सुरक्षाका लागि रणनीति’ विषयक यो वेबिनार दिउँसाे २ बजेसम्म सञ्चालन हुनेछ ।
इन्टरनेट र सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षामा पनि जोखिम बढ्दै गइरहेको सन्दर्भमा यसका लागि सम्बन्धित सरोकारवालाहरु छलफलका लागि वेबिनारमा जुटेका छन् ।
वेबिनारमा साइबर सेक्युरिटीको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा भएका उत्कृष्ट अभ्यासहरु, नेपालको हालको अवस्था, साइबर सुरक्षाका अवसर, नीति तथा कार्यान्वयनका विषय लगायतमा छलफल हुनेछ ।
वेबिनारमा सहभागी हुन जुम प्रयाेगकर्ताले यहाँ क्लिक गर्नुहाेस् ।