close

ओप्पोले घोषणा नै नगरेको फोन ‘ए५३ एस’ अमेजनमा लिक

टेकपाना टेकपाना

असोज २५, २०७७ १५:३२

ओप्पोले घोषणा नै नगरेको फोन ‘ए५३ एस’ अमेजनमा लिक

काठमाडौं । स्मार्टफोन बजारमा आउनुअघि यसका विशेषताका बारेमा धेरै खबर आउने गर्छ । त्यसो त स्मार्टफोन निर्माताले औपचारिक रुपमै मोडल, यसका फिचर र सार्वजनिक मितिको घोषणा गर्छन् ।

तर ओप्पोको एउटा मोडलले धेरैलाई आश्चर्य पारिरहेको छ । कम्पनीले हालसम्म यो मोडेलबारे कतैपनि औपचारिक जानकारी दिएको छैन । तर अमेजनको एक प्लाटफर्ममा यसको विशेषता र मूल्यको जानकारी दिइएको छ ।

ओप्पोले हालसम्म आधिकारिक घोषणा नगरेकाे ओप्पो ए५३ एस का बारेमा अमेजन डिईमा जानकारी लिन सकिन्छ । हालै यो मोडलको केही तस्वीर र विशेषता लिक भएको छ ।

यसको प्रि-अर्डर मूल्य १८९ युरो राखिएको छ भने यही मंगलबारकाे रिलिज डेट राखिएको छ । अमेजनमा राखिएकाे याे माेडलकाे विशेषता पढ्दा यसअघि सार्वजनिक भएकाे ओप्पो ए ५३ सँग मिल्दोजिल्दो छ ।

यसकारण हामी यो अनुमान गर्न सक्छौं कि जर्मनीस्थित अमेजनमा रहेको ओप्पो स्टोरले गल्ती गरेकाे छ वा अर्काे रणनीति केही छ ।

जानकारका अनुसार केही दिनअघि चीनमा ओप्पो ए ५३ स्मार्टफाेन ओप्पो ए ३२ मोनिकर अन्तर्गत सार्वजनिक भयो । यसकारण हामीले यो अनुमान लगाउन सक्छौं कि ओप्पो ए ५३ फाेन युराेप वा जर्मनीमा ओप्पो ए ५३ एसको नाममा लञ्च हुँदै छ ।

तर अमेजनले याे फाेनकाे र्‍यामका बारेमा जानकारी नखुलाउनुले थप आश्चर्य बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४