close

पानीमुनी किन डेटा सेन्टर बनाउन खोज्दै छ माइक्रोसफ्ट ?

टेकपाना टेकपाना

असोज २६, २०७७ १२:८

पानीमुनी किन डेटा सेन्टर बनाउन खोज्दै छ माइक्रोसफ्ट ?


काठमाडौं । स्कटल्याण्डको ओर्कने आइसल्याण्डमा माइक्रोसफ्टले एक वर्ष लगाएर पानीमुनी डेटा सेन्टर सञ्चालन गर्नेबारे अध्ययन सम्पन्न गरेको छ । ‘प्राेजेक्ट न्याटिक’ नाम दिएर पानीमुनी वयर हाउस बनाउने उद्देश्यका साथ कम्पनीले यो वर्षको सुरुवातमा अध्ययन सुरु गरेको थियो ।

एक वर्ष लगाएर गरिएको उक्त अध्ययनको क्रममा पानीमुनी डेटा सेन्टरको लागि आवश्यक पर्ने हावाको मात्रा परीक्षण गरिएको उल्लेख गरिएको छ । उक्त अध्ययनबाट पानीमुनी डेटा सेन्टर सञ्चालनमा ल्याउन सकिने प्रतिवेदन तयार भएको छ ।

प्रतिवेदनमा यस्ताे डेटा सेन्टका लागि आवश्यक हावाभन्दा बढी हावाको मात्रा उपलब्ध हुने उल्लेख छ । यतिसम्म कि उक्त अध्ययनले सुख्खा जमिनमा भन्दा पानीमुनी राखिएको डेटा सेन्टर ८ गुणा भरपर्दो हुने उल्लेख गरिएको छ ।

डेटा सेन्टरको लागि कुलिङको आवश्यक पर्ने भएकाले जमिनमा भन्दा पानी मुनीको सतहमा त्यो वातावरण बढी प्रभावकारी भएको हुनसक्ने अनुमान गरिएको छ ।

तर, पनि अध्ययनकर्ताले यसरी सुख्खा जमिनमा भन्दा पानीमुनीको डेटा सेन्टर कसरी भरपर्दो हुने भन्ने विषयमा भने पुन: अध्ययन गर्ने जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४