close

सानिमा बैंकका ग्राहकलाई ‘सस्तो डिल’मा सामान किन्दा २५ प्रतिशत छुट

टेकपाना टेकपाना

असोज २६, २०७७ २०:१६

सानिमा बैंकका ग्राहकलाई ‘सस्तो डिल’मा सामान किन्दा २५ प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले ईकमर्स कम्पनी सस्ताे डिल डटकमसँग सहकार्य गरी ‘बिग डिल एट सस्ताे डिल’ योजना ल्याएको छ।

याे योजना असोज २७ देखि कार्तिक १ गतेसम्म लागू हुने छ ।

यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यूआर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् ।

बैंकका अनुसार उक्त योजनामा ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा छुट प्रदान गरिने छ।

सानिमा बैंकको हाल देशैभर ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४