close

पहिलो फाइभजी फोनको रुपमा एप्पलले ल्यायो आईफोन ट्वेल्भ

टेकपाना टेकपाना

असोज २७, २०७७ २३:२१

पहिलो फाइभजी फोनको रुपमा एप्पलले ल्यायो आईफोन ट्वेल्भ

काठमाडौं । एप्पलले फाइभजीमा आधारित आइफोन ट्वेल्भ सार्वजनिक गरेको छ । मंगलबार राती आयोजित आईफोन ट्वेल्भ लञ्च इभेन्टमा एप्पलका सीईओ टिम कुकले २०२० का आईफोनमा फाइभजी कनेक्टिभिटी हुने जानकारी दिए ।

आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भमा भेरिजोनको फाइभजी अल्ट्रा वाइड ब्याण्ड रहेको छ, जसले एकदमै कम लेटेन्सी दिनेछ ।

यसमा एकदमै नयाँ डिजाइन रहेको छ । यसमा आइफोन ११ को जस्तै ६.१ इन्चको डिस्प्ले रहेको छ । तर, यो आइफोन ११ भन्दा ११ प्रतिशत पातलो, १५ प्रतिशत सानो र १६ प्रतिशत हलुको रहेको छ ।

यसमा डिस्प्लेको इन्जिनियरिङ र नयाँ ग्लास प्रविधि सेरामिक ग्लास छ, जसले यसलाई अझ क्लियर र बलियो बनाएको छ । सेरािमक ग्लासहरु जुनसुकै स्मार्टफोन ग्लासभन्दा बलियो हुन्छ ।

यो ग्लासभन्दा चार गुणा बढि बलियो हुन्छ । आइफोन १२ मा भाएको फाइभजी एकदमै फ्लेक्जिबल छ ।

फाइभजी आवश्यक नभएको समयमा यो स्वतः एलटीइमा स्विच गरेर ब्याट्री सेभ गर्छ भने आवश्यक परेको समयमा यो फाइभजीमै बस्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४