काठमाडौं । एप्पलले आईफोन ट्वेल्भ मोडेल अन्तर्गत आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्स सार्वजनिक गरेको छ । यी दुवै फाेनमा फाइभजी कनेक्टिभिटी रहेकाे छ ।
प्रो मोडेल ६.५ इन्च स्किृनसहित आएको छ भने प्रो म्याक्स ६.७ इन्च रेटिना डिस्प्ले सहित सार्वजनिक भएकाे छ । यी दुवै आईफोन ए १४ बायोनिक चिपसेटद्धारा सञ्चालित छन् ।
आईफोन ट्वेल्भ प्रो १२ मेगापिक्सेल अल्ट्रावाईड, १२ वाईड एङ्गल लेन्स र १२ टेलिफोटो लेन्स सहित उपलब्ध भएको छ ।
यी दुवै फोनमा डिप फ्युजन क्यामेरा फिचर उपलब्ध गराइएको छ । आईफोन ट्वेल्भ प्रो म्याक्समा बढीभन्दा बढी ‘प्रो लेभल’ क्यामेरा फिचरहरु सहितको नयाँ क्यामेरा सिस्टम उपलब्ध छ ।
यसका साथै आईफोनमा पहिलो पटक एचडीआर भिडियो रेकर्डिङको सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत डल्बी भिजन एचडीआरमा प्रयाेगकर्ताले भिडियाे रेकर्ड गर्न सक्नेछन् । यी प्रो मोडेलका आईफोनमा लिडार स्क्यानिङको सुविधा पनि दिइएको छ ।
यी दुवै आईफोन तीन/तीनवटा स्टोरेज मोडेलमा उपलब्ध भएको छ, यसअन्तर्गत १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको स्टोरेज अप्सन रहेको छ ।
यी दुवै फाेन ग्राफाइट, सिल्भर, गाेल्ड र प्यासिफिक ब्लु कलर गरी चार कलरमा उपलब्ध भएका छन् ।
आईफोन ट्वेल्भ प्रोको मूल्य ९९९ डलरबाट सुरु हुनेछ भने प्रो म्याक्सको मूल्य १०९९ डलरबाट सुरु हुनेछ । १६ अक्टबरदेखि यी फोनको प्रिअर्डर लिइने कम्पनीले जनाएको छ ।