काठमाडौं । एप्पलले आईओएस सिस्टमको पछिल्लो बेटामा एक्सेसिबिलिटी सम्बन्धी एउटा रोकच फिचर थपेको छ । जसले आईफोनको क्यामेराबाट मानिसहरुको उपस्थिति र दूरीलाई डिटेक्ट गर्न सक्छ ।
यसबाट दृष्टि बिहीन प्रयोगकर्ताले प्रभावकारी रुपमा सामाजिक दुरी कायम राख्नुका साथै अन्य थुप्रै कामका लागि सहजता प्राप्त गर्न सक्नेछन् । यो फिचर एप्पलको एआर किटबाट सिर्जना भएको हो ।
जसको आधारमा कम्पनीले मानिसको आकार पहिचान गरी भर्चुअल सामग्रीहरुलाई उनीहरुको अगाडि र पछाडिबाट पार हुन दिने गरी ‘पिपुल अक्लुजन’ विकास गरेको थियो ।
एप्पलको एक्सेसिबिलिटी टिमले आईफोन ट्वेल्भ प्रो तथा प्रो म्याक्सले उपलब्ध गराउने लिडार युनिटबाट प्राप्त हुने वास्तविक दुरीसँग त्यसलाई संयोजन गर्न सकिने महसुस गर्यो, जुन दृष्टीको समस्या भएका जोकसैका लागि निकै उपयोगी सावित हुन सक्ने देखयो ।
निश्चित रुपमा एउटाले तत्कालै सोच्यो, अहिलेको महामारीको समयमा अन्य व्यक्तिहरुबाट ६ फिटको दुरीमा रहन पनि यसले सहयोग पुर्याउन सक्छ । यो नयाँ फिचर म्याग्निफायर एपको एउटा हिस्साको रुपमा रहने छ ।
जसले आईफोन प्रो तथा प्रो म्याक्सको लिडार र वाइड एंगल क्यामेराको प्रयोग गर्दछ अनि प्रयोगकर्तालाई विविध किसिमका उपायको बारेमा प्रतिक्रिया दिने गर्छ । सुरुवातमा त यसले त्यहाँ भ्यूमा देखिने मानिसहरुको बारेमा प्रयोगकर्तालाई बताउनेछ ।
यदि त्यहाँ कोही छ भने यसले कति टाढा वा नजिक छ भन्ने कुरा फिट वा मिटरमा नियमित रुपमा अपडेट दिन थाल्छ । यस आधारमा उक्त व्यक्तिसँग नजिक जाने वा अगाडि बढ्ने भन्ने निर्णय लिन सकिन्छ ।
स्टेरियो साउन्डले क्यामेरा कुन दिशातर्फ उक्त व्यक्ति अवस्थित छ भन्ने कुराको समेत जानकारी दिने गर्दछ । अर्को कुरा यसले प्रयोगकर्तालाई निश्चित दुरी सम्बन्धी थुप्रै प्रकारका निर्देशनहरु सेट गर्ने अनुमति समेत प्रदान गर्दछ ।
उदाहरणको लागि यदि प्रयोगकर्ताले ६ फिटको दुरी सेट गरेको खण्डमा उनीहरुले ६ फिट दुरीमा हुँदा एउटा टोन सुन्नेछन् र त्यसभन्दा नजिक आउँदा अर्को टोन बज्नेछ । सबैलाई निश्चित दुरीको आधारमा फिड नचाहिने हुनसक्छ ।
तर दुई कदम टाढा रहनुपर्ने ख्याल त सबैलाई आउँछ । यसमा तेस्रो फिचर पनि छ । जसले दृष्टी तथा श्रवण दुवै शक्ति गुमाएका छन्, उनीहरुलाई जतिधेरै अर्को व्यक्तिको नजिक भयो, त्यति नै छिटो ह्याप्टिक पल्स चल्न थाल्छ ।
Here’s how people detection works in iOS 14.2 beta – the voiceover support is a tiny bit buggy but still super cool https://t.co/vCyX2wYfx3 pic.twitter.com/e8V4zMeC5C
— Matthew Panzarino (@panzer) October 31, 2020
यसमा अर्को भिजुअल फिचर पनि छ । जसले आफ्नो वरिपरिको संसारको बारे बुझ्न ससानो किसिमको सहयोग आवश्यक पर्ने व्यक्तिहरुलाई सहयोग गर्दछ ।
स्क्रिनमा देखिएको व्यक्तिलाई एउटा एरोको माध्यमबाट डिटेक्ट गरी इंगित गर्न सक्छ । वास्तवमा अन्धोपन विभिन्न तहको हुनसक्छ र त्यसैअनुसार आवश्यक सहयोग पनि फरक फरक हुन सक्छ । त्यस्तोमा यो फिचर उपयोगी हुनेछ ।
यो सिस्टमका लागि वाइड एंगल क्यामेरामा एउटा प्रस्ट तस्वीरको आवश्यकता पर्दछ । निकै अध्याँरोमा भने यसले काम गर्न सक्दैन । यसबारेमा विस्तृत जानकारी लिन र अपडेट रहन चाहनुहुन्छ भने एप्पलको एक्सेसिबिलिटी विशेष साइटमा जान सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
