close

अम्बानीको रिलायन्स जिओले कमायो ३ महिनामै झण्डै ४६ अर्ब

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ २२:१५

अम्बानीको रिलायन्स जिओले कमायो ३ महिनामै झण्डै ४६ अर्ब

काठमाडौं । भारतका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीद्वारा सञ्चालित टेलिकम कम्पनी रिलायन्स जिओको पछिल्लाे तीन महिनामा झण्डै तीन गुणाले नाफा बढेको छ ।

जुलाई-सेप्टेम्बर त्रैमासिक अवधिमा कम्पनीले कुल नाफा २८ अर्ब ४४ कराेड भारतीय रूपैयाँ अर्थात् ४५ अर्ब ७१ लाख नेपाली रूपैयाँ कमाएकाे हाे । अघिल्लाे वर्षकाे याे त्रैमासमा कम्पनीले १४ अर्ब रूपैयाँ मात्रै कमाएकाे थियाे ।

फेसबुक र गुगलको समेत शेयर रहेको टेलिकम अपरेटर जिओले महामारीको बाबजुद पनि वित्तीय छलाङ मारिरहेकाे छ । जिओको यो लगातार १२औं त्रैमास नाफा हो । कम्पनीले पछिल्लो दुई त्रैमासिक अवधिदेखि ३० हजार जनशक्ति थपिसकेको छ ।

जिओका ग्राहक ४०५ मिलियन अर्थात् ४० करोड ५० लाख पुगेका छन् । एउटै देशमा सबैभन्दा बढी ग्राहक विस्तार गर्ने टेलिकम कम्पनीअन्तर्गत चीनबाहिर भारतकाे रिलायन्स जिओले ४० कराेडकाे आँकडा पार गरेको छ ।

जिओ टिभी (अन डिमान्ड लाइभ टिभी सर्भिस), म्युजिक स्ट्रिमर जिओ म्युजिक, पेमेन्ट एप जिओ मनी लगायत जिओ प्लाटफर्मले टेलिकमबाहेक विभिन्न प्रकारका सेवा पनि सञ्चालन गर्ने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०