close

गुगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १९:३६

गुगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने

काठमाडौं । गुगलले भिडियो कन्फ्रेन्सीङ एप ‘गुगल मिट’ मा ब्याकग्राउण्ड परिवर्तन गर्न सकिने सुविधा ल्याएको छ । यदि तपाईं भिडियो कन्फ्रेन्सका लागि गुगल मिट प्रयोग गर्नुहुन्छ भने अब आफ्नो पछाडिको ब्याकग्राउण्ड परिवर्तन कुरा गर्न सक्नुहुनेछ ।

यसबारेमा गुगलले आफ्नो ब्लगमार्फत जानकारी दिएको हो । उक्त ब्लगमा उल्लेख भएअनुसार यो फिचर हाललाई वेब भर्सनमा मात्रै उपलब्ध रहेको छ । यदि तपाईं गुगल क्रोम प्रयोग गरी क्रोम ओएसका साथ विन्डोजमा पनि प्रयोग गर्न सकिने छ ।

यो फिचर एक्टिभ गर्नका लागि लागि कुनै ब्राउजर एक्सटेन्सको आवश्यक पर्ने छैन । प्रयोगकर्ताले आफ्नो ग्यालरीमा भएका फोटो अथवा गुगलले उपलब्ध गराएको फोटो लाइब्रेरी मार्फत छनोट गरी ब्याकग्राउण्ड राख्न सकिने छ ।

कम्पनीका अनुसार यो फिचर हाल केही प्रयोगकर्तालाई उपलब्ध उपलब्ध भइसकेको छ भने, अबको केही दिनमै सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ । प्रतिस्पर्धी एप जुम र माइक्रोफ्ट यो फिचर यसअघि नै ल्याइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०