काठमाडौं । के तपाईं फोटोसप कला सिक्न चाहनुहुन्छ ? तर कसरी सुरु गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने तपाईंका लागि एक अवसर छ । नाेभेम्बर ९ देखि १३ सम्म हुने फोटोशप भर्चुअल समिट २ मा विज्ञबाट नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।
एडाेबको प्रायोजनमा हुन लागेको उक्त समिटमा दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसकाे मुख्य प्रस्तुति हुनेछ ।
पाँच दिने तालिममा ३० घण्टाको प्रशिक्षण कक्षा हुनेछ । जसमा बेन विलमोर, कोलिन स्मिथ, डेभ क्रस, म्याट क्लोसकोस्की, लिसा क्यार्नी, ग्लिन डिविस, एन्या एन्टी, कोरे बारकर, ब्ल्याक रुडिज, क्रिस्टिना सेर्क, मार्क हिप्स र सिबास्चियन माइकल्सले प्रशिक्षण दिनेछन् ।
उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोसप प्रयोगकर्ता सहभागी हुन मिल्ने एडोबले उल्लेख गरेकाे छ ।
कार्यक्रममा लजिक अफ एडजस्टमेन्ट, फोटोसप लाइटिङ टेक्निक, क्रिएटिभ टेक्स्चर ब्लेन्डिङ, वर्कफ्लो इफिसियन्सी, इन्ट्रो टु कलर म्यानेजमेन्ट, एड्भान्स सेलेक्सन एण्ड मास्किङ, प्राक्टिकल एक्सन एण्ड अटोमेसन, लेयर बियोन्ड द बेसिक, फ्रिक्वेन्सी सेप्रेसन फर बिगिनर्स, फोटोसप पावर सेसन, इन्ट्रोडक्सन टु ल्याब कलर र अन्य धेरै विषयमा प्रशिक्षण दिने कम्पनीले जनाएको छ ।
यो नि:शुल्क प्रशिक्षणमा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् । प्रशिक्षणका कक्षा छुटाउनु भयो भने १४७ डलरको अप्सनल भीपीएन पास लिएर आफ्नो पायक पर्ने समयमा क्लास रेकर्डिङ, नोट तथा फाइल डाउनलोड गर्न सक्नुहुन्छ ।