close

रियलमीले ल्यायो मुटुको धड्कन र रगतको अक्सिजन नाप्न सक्ने घडी

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ ७:२६

रियलमीले ल्यायो मुटुको धड्कन र रगतको अक्सिजन नाप्न सक्ने घडी

काठमाडौं । रियलमी वाच एस सार्वजनिक भएको छ । वाच एस नै कम्पनीको पहिलो सर्कुलर डायल भएको वाच हो ।

पाकिस्तानमा सार्वजनिक गरिएको यो वाच अन्य बजारमा उपलब्ध हुने विषयमा भने हालसम्म कुनै जानकारी आएको छैन । रियलमी वाच एसको मूल्य १४ हजार ९९९ पाकिस्तानी रुपैयाँ (११ हजार २०० रुपैयाँ) रहेको छ ।

कालो रङ्गमा उपलब्ध यो वाचमा गोरिल्ला ग्लास राखिएको छ भने यसको रेजोलुसन ३६० बाई ३६० पिक्सेल रहेको छ । १.३ इन्च डिस्प्ले रहेको यो वाचमा ३९० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

रियलमी वाच एस एक पटक रिचार्ज गर्दा १५ दिनसम्म चल्ने कम्पनीको दाबी छ । यो वाचमा रियलटाइम हर्ट रेट मनिटरिङ (मुटुको धड्कन नाप्ने) र ब्लड अक्सिजन मनिटरिङ (रगतमा अक्सिजनको मात्रा नाप्ने) का लागि एसपी ओ टू सेन्सर र कयौं स्पोर्ट्स मोड दिइएको छ ।

यो वाच आईपी ६८ सर्टिफाइड हो । यसको अर्थ यो वाच वाटर रेसिस्टेन्ट अर्थात पानी नपस्ने किसिमको छ ।

यसमा सयभन्दा धेरै वाच फेस राखिएको छ । रियलमी वाच एसमा तपाईंले म्यासेज, ईमेल र सामाजिक सञ्जालको नोटिफिकेसन समेत प्राप्त गर्न सक्नुहुनेछ ।

यसमा म्युजिक प्ले ब्याक कन्ट्रोल र रिमोट क्यामेरा कन्ट्रोल जस्ता फिचर समेत राखिएका छन् । साथै यसमा मेडिटेसन मोड, ड्रिंकिङ वाटर रिमाइन्डर, फाइन्ड योर फोन र स्लिप मनिटरिङ जस्ता फिचर समेत समावेश छन् ।

वाच सञ्चालनका लागि रियलमी लिङ्क एपको आवश्यकता पर्दछ । जुन एन्ड्रोइड ५.० तथा त्यस पछिका भर्समा कम्प्याटिबल छ । कम्पनीले यसै अंग्रेजी वर्षको सुरुवातमा मात्र आफ्नो पहिलो वाच सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०