close

कनेक्ट आईपीएसमा अब फिङ्गरप्रिन्टबाटै लगईन र कारोबार गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १९:४९

कनेक्ट आईपीएसमा अब फिङ्गरप्रिन्टबाटै लगईन र कारोबार गर्न सकिने

काठमाडौं । कनेक्ट आईपीएसले आफ्नो मोबाइल एपमा नयाँ फिचर थप गरेको छ । नेपाल क्लियरिङ हाउसद्धारा सञ्चालित कनेक्ट आईपीएसको एन्ड्रोइड तथा आईओएस एपमा सहजताका लागि फिङ्गरप्रिन्टबाटै लगईन तथा कारोबार गर्न सकिने फिचर ल्याइएको हो ।

कम्पनीका अनुसार नयाँ अपडेटमा थप सुधारिएको युजर इन्टरफेस र अन्य फिचर समेत रहेका छन् । प्रयोगकर्तालाई कनेक्ट आईपीएसको मोबाइल एपमा छिटो छरितो रुपमा लगईन गर्न तथा बायोमेट्रिकको रुपमा फिङ्गरप्रिन्ट प्रयोग गर्न सकिने विकल्पको रुपमा यो फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

यसबाट प्रयोगकर्ताले युजरनेम तथा पासवर्ड नराखेरै एपमा लगईन गर्न सक्नेछन् । यसका लागि पहिलो पटक फिङ्गरप्रिन्टलाई सेभ गर्नुपर्ने हुन्छ ।

फिङ्गरप्रिन्टबाटै कारोबार गर्न सकिने

नयाँ अपडेटसँगै थप गरिएको बायोमेट्रिक फिचरको सहयोगमा प्रयोगकर्ताले एपबाटै भुक्तानीको कार्य समेत गर्न सक्नेछन् ।

यसलाई कारोबार गर्दा पासवर्डको विकल्पमा त्यसको प्रमाणीकरण कार्यमा प्रयोग गर्न सकिनेछ । यसबाट प्रयोगकर्ताले तत्कालै झन्झट रहीत रुपमा कारोबार गर्न सक्नेछन् ।

व्यक्तिगत कारोबारमा क्यूआर कोड

कनेक्ट आईपीएस सिस्टममा छिटो छरितो रुपमा रकम ट्रान्सफर गर्नका लागि क्यूआरमा आधारित फण्ड ट्रान्सफर फिचर समेत थप गरिएको छ ।

कनेक्ट आईपीएस मोबाइल एप प्रयोगकर्ताले आफ्नो क्यूआर कोड तयार पारी फण्ड ट्रान्सफरका लागि अन्य प्रयोगकर्तासँग शेयर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०