close

मोबाइलमा यसरी सजिलै परिवर्तन गर्नुहोस् ब्लुटूथ डिभाइसको नाम

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १४:३०

मोबाइलमा यसरी सजिलै परिवर्तन गर्नुहोस् ब्लुटूथ डिभाइसको नाम

काठमाडौं । जब तपाईं एन्ड्रोइड फोन वा ट्याब्लेटमा कुनै पनि डिभाइसलाई ब्लुटूथबाट कनेक्ट गर्नुहुन्छ, तब डिभाइसको मोडल नाम देख्नुहुन्छ । तर डिभाइस पहिचान गर्न मोडल नम्बर सधै सजिलो हुँदैन ।

विशेषगरी धेरैवटा समान माेडल भएका डिभाइस कनेक्ट भइरहेको अवस्थामा छुट्याउन गाह्राे हुने गर्छ । यस्तो बेला आफ्नो डिभाइसलाई छुट्टै नाम दिन सकियो भने त्यो बढी फाइदाजनक हुन्छ

ब्लुटूथ नाम परिवर्तन गर्ने तरिका एकदमै सामान्य र सजिलो छ । तर तपाईंसँग भएको एन्ड्रोइड डिभाइसको मोडल अनुसार यो तरिकामा फरक पर्न सक्छ । 

सामान्यतया: नाम परिवर्तनका लागि सबैजसोले पहिले सेटिङ मेनुमा कनेक्टेड डिभाइस सेक्सन हेर्ने गर्छन् । तर यो डिभाइस अनुसार फरक हुन्छ । हाउटुगिककाे याे टेक टिप्स तपाईंका लागि पनि सान्दर्भिक हुनेछ ।

सबैभन्दा पहिले आफ्नो स्क्रिनको माथिबाट स्वाइप डाउन गर्नुहोस् । अब गियर (सेटिङ) आइकनमा ट्याप गरेर सेटिङ मेनु खोल्नुहोस् । 

अब लिस्टबाट ‘कनेक्टेड डिभाइस’मा ट्याप गर्नुहोस् ।

यो पनि फोन अनुसार फरक पर्दछ । कुनैमा सेटिङ मेन्यु खुलेपछि ब्लुटूथ अप्सन देखापर्छ । कुनैमा कनेक्सन प्रिफरेन्सेस/अदर नेटवर्क एन्ड कनेक्सन आदि अप्सन राखिएको हुन्छ । उदाहरणका लागि कनेक्सन प्रिफरेन्सेस अप्सन छ भने, यसमा ट्याप गर्नुहाेस् ।

अब ‘ब्लुटूथ’ देखिन्छ ।

कनेक्सन प्रिफरेन्स ट्याप गर्दा ब्लुटूथ देखिन्छ । त्यसमा क्लिक गर्दा नाम लेख्ने ब्ल्याङ्क स्पेस आउँछ । नाम टाइप गरिसकेपछि ‘ओके’ ट्याप गरेर नयाँ नाम सेट गर्नुहोस् । 

अब अन्य डिभाइसमा कनेक्ट गर्दा धेरै डिभाइस भएको अवस्थामा तपाईंको पृथक नामले डिभाइसको पहिचान हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०