close

आज एप्पलको इभेन्ट आयोजना हुँदै, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १३:२१

आज एप्पलको इभेन्ट आयोजना हुँदै, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी एप्पलले आज एउटा इभेन्ट आयोजना गर्दैछ । ‘वन मोर थिङ’ नाम दिइएको यो इभेन्टलाई लिएर तमाम किसिमका चर्चाहरु भइरहेका छन् ।

प्रकाशित खबर अनुसार ‘वन मोर थिङ’ इभेन्टमा एप्पलले आफ्नै चिपसेटबाट तयार पारेको म्याकबुक सार्वजनिक गर्नेछ । सन् २०२० को सुरुवातमा डब्लूडब्लूडीसी २०२० मा एप्पलले इन्टेलको चिपलाई विदाई गरिएको घोषणा गरेको थियो ।

यद्यपी इनहाउस चिपका साथ एप्पलले अहिलेसम्म कुनै प्रडक्ट सार्वजनिक गरेको भने छैन । एप्पलको ‘वन मोर थिङु इभेन्ट आज (मंगलबार) राति ११ः४५ देखि सुरु हुनेछ ।

अनलाइनमा आयोजना हुने यो इभेन्टको प्रत्यक्ष प्रसारण एप्पलको आधिकारिक वेबसाइट, एप्पल टिभी र एप्पलको युट्युव च्यानलमा हेर्न सकिनेछ । रिपोर्टअनुसार एप्पलले यो इभेन्टमा एआरएम सिलिकन चिप सहितको म्याकबुक सार्वजनिक हुनेछ ।

म्याकबुकका अलावा यो इभेन्टमा एयरट्याग समेत सार्वजनिक हुने बताइएको छ । ब्लुमबर्गमा प्रकाशित रिपोर्ट अनुसार यो इभेन्टमा १३ तथा १६ इन्चको नयाँ म्याकबुक प्रो आउनेछ ।

साथै १३ इन्चको म्याकबुक एयर समेत सार्वजनिक हुनेछ खबर बाहिर आइरहेका छन् । एउटा अर्को रिपोर्टमा दाबी गरिएको छ कि एप्पलले २५ लाख नयाँ म्याकबुक उत्पादन गरिरहेको छ ।

यी सबै म्याकबुक इनहाउस बनेको चिपसेटका साथ सन् २०२१ को सुरुवातमा बजारमा आउनेछन् । यी म्याकबुकको उत्पादन चीनमा भइरहेको छ ।

एप्पलले कुनै इभेन्टलाई ‘वन मोर थिङ’ नाम दिएको यो नै पहिलो पटक भने होइन । लामो समयदेखि कम्पनीले ‘वन लाइनर’को प्रयोग गर्दै आएको छ ।

खासगरी एप्पलका पूर्व सीईओ स्टिभ जब्स अक्सर ‘वन मोर थिङ’को प्रयोग गर्दथे । स्टिभ जब्स किनोटमा कुनै प्रडक्ट सार्वजनिक गर्नुअघि ‘वन मोर थिङ’ भन्ने गर्दथे । यसअघि सन् २०१७ मा एप्पलले ‘वन मोर थिङ’को प्रयोग आईफोन एक्स सार्वजनिक गर्दाको दौरान गरेको थियो ।

एप्पल इभेन्ट्स वेबपेज
एप्पल इभेन्ट्स एप
एप्पलको युट्युब च्यानल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०