close

एप्पलले ल्यायो आफ्नै चिपमा आधारित नयाँ म्याक, आईओएस एप्स पनि चल्ने

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १६:१०

एप्पलले ल्यायो आफ्नै चिपमा आधारित नयाँ म्याक, आईओएस एप्स पनि चल्ने

काठमाडौं । सन् २०२० मा एप्पलले आफ्नो तेस्रो लञ्च इभेन्ट सम्पन्न गरेको छ । मंगलबार मात्रै एक अनलाइन इभेन्ट गरी एप्पलले आफ्नो पहिलो म्याक चिप घोषणा गरेको छ । कम्पनीले आफ्नो नयाँ चिपलाई ‘एम वान’ नाम दिएको छ ।

इन्टेल प्रोसेसरको सट्टामा म्याकबुकका लागि एप्पलले आफ्नै एआरएम-बेस्ड प्रोसेसर ल्याएको हो । कम्पनीले चिपसेट मात्रै सार्वजनिक गरेन, यही चिपमा आधारित आफ्नो इन्ट्री लेभल अन्तर्गत पातलो र हल्का नोटबुक सहित ३ मोडलका म्याक कम्प्युटरकाे घोषणा गर्‍याे ।

यसअन्तर्गत म्याकबुक एयर, म्याकबुक प्राे र म्याक मिनी रहेका छन् । यी उपकरणमा प्रयाेग भएकाे चिप ‘एम वान’ लाई एप्पलले बजारकै सबैभन्दा प्रभावकारी चिपकाे रूपमा दाबी गरेकाे छ । यो चिप नानोमिटर प्रोसेसमा आधारित छ।

चिपमा एप्पलले आफ्नो ग्राफिक्स प्रोसेसर पनि एकीकृत गरिसकेको छ । टेक जायन्टका अनुसार अब डेभलपरहरुले युनिभर्सल एप निर्माण गर्न सक्दछन् ।

एडोब जस्ता ठूला डेभलपरले यसअघि नै आफ्ना एपहरु एमवान चिप अनुकूल बनाइसकेका छन् । सबैभन्दा खुसीकाे कुरा त के छ भने आईफोनका एप्सहरु पनि अब म्याकमा रन हुनेछ । अर्थात् नयाँ चिपसेट प्रयोग भएको म्याकमा आईफोनको मोबाइल अपरेटिङ सिस्टममा जस्तै एप चलाउन सकिन्छ । 

यता सबै डेभलपरहरुले तत्कालै म्याकका लागि एप विकासमा रुचि नदेखाएको बताइएको छ । यसैबीच अनलाइन इभेन्टमार्फत कम्पनीले तीन माेडलमा नयाँ म्याक सार्वजनिक गरेको छ ।

यसमा एकदमै तीव्र गतिको प्रोसेसिङ गति, स्लिक डिजाइन र सिङ्गल ब्याट्री चार्जमा लामो समयसम्म टिक्ने क्षमता रहेकाे कम्पनीले बताएकाे छ । सार्वजनिकमध्ये २०२० म्याकबुक एयरमा डिजाइनलाई स्लिम बनाउन कुलिङ फ्यान समेत निकालिएकाे छ । 

म्याकका यी तीनैवटा माेडल अर्को हप्तादेखि बजारमा उपलब्ध हुने बताइएकाे छ । मूल्यको कुरा गर्दा म्याकबुक एयर ९९९ डलरदेखि सुरू हुनेछ । त्यस्तै म्याक मिनीको मूल्य ६९९ डलरदेखि सुरू हुनेछ भने १३ इन्चको म्याकबुक प्रोकाे मूल्य १,२९९ डलरदेखि सुरू हुनेछ । 

एप्पलले आफ्ना सबै म्याकलाई ईन-हाउस चिपमा प्रयोग गर्न अझै दुई वर्ष लाग्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०