close

हाम्रो पात्रोमा भिडियो कल गर्न सकिने फिचर थपिँदै

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १२:५१

हाम्रो पात्रोमा भिडियो कल गर्न सकिने फिचर थपिँदै

काठमाडौं । अब हाम्रो पात्रोको एपबाटै भिडियो कल गर्न पाइने भएको छ । सबैभन्दा धेरै डाउनलोड भएको नेपाली एप हाम्रो पात्रोले भिडियो कलिङ फिचर थप गर्न लागेको हो ।

हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले फेसबुक पोस्ट मार्फत अब चाँडै भिडियो कलिङ फिचर ल्याउन लागिएको संकेत गरेका छन् । उत्साहित हुँदै उनले लेखेका छन्, ‘हाम्रो पात्रोमा केही नयाँ आउँदैछ ।’

Something new coming soon in Hamro Patro – super excited. ?

Posted by Shankar Uprety on Tuesday, November 10, 2020

उप्रेतीले उक्त फेसबुक पोस्टमा स्क्रिनशट समेत राखेका छन् । जसमा भिडियो कलको फिचर प्रस्ट देखिन्छ । हाल यो फिचर एन्ड्रोइडको आन्तरिक बेटा टेस्टिङको चरणमा रहेको बुझिएको छ ।

आइतबारसम्म पब्लिक बेटाको रुपमा सार्वजनिक हुने र तिहारअघि नै सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइने कम्पनीको योजना रहेको छ । त्यसो त आईओएसमा पनि यो फिचरको टेस्टिङ पुरा भइसकेको छ ।

तर सार्वजनिक हुन भने थप केही समय कुर्नुपर्ने हुनसक्छ । यसको अर्थ अबको एक महिनापछि आईफोन प्रयोगकर्ताले हाम्रोपात्रोको भिडियो कलिङ फिचर प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०