close

सर्वाधिक डाउनलोड हुने एपमा टिकटक अगाडि, शीर्ष १० मा कुन कुन परे ?

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १३:५०

सर्वाधिक डाउनलोड हुने एपमा टिकटक अगाडि, शीर्ष १० मा कुन कुन परे ?

काठमाडौं । टिकटकले फेसबुक, ह्वाट्सएप जस्ता साेसल नेटवर्किङ एपलाई उछिन्दै सबैभन्दा बढी डाउनलाेड हुने एपमा आफूलाई उभ्याएको छ । गेमिङ एप बाहेक डाउनलाेड हुने अन्य एपकाे प्रतिस्पर्धामा टिकटकले छलाङ मारेकाे हाे ।

राष्ट्रिय सुरक्षालाई लिएर विभिन्न देशमा प्रतिबन्ध खेपिरहेको भएता पनि विश्वव्यापी रुपमा टिकटक सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ ।

यो क्रममा टिकटकले ह्वाट्सएप तथा फेसबुकलाई पछि पारेकाे छ । एपको विषयमा अध्ययन अनुसन्धान गर्ने संस्था सेन्सर टावरका अनुसार टिकटक अक्टोबर महिनासम्म ६६ मिलियन अर्थात् ६ करोड ६० लाख इन्स्टलका साथ पहिलो नम्बरमा रहेको छ ।

योसँगै टिकटक लगातार ६ महिना सबैभन्दा बढी डाउलोड हुने एपको पहिलो नम्बरमा बस्न सफल भएको छ । प्रतिवेदन अनुसार टिकटक गत मे महिनादेखि निरन्तर सबैभन्दा बढी डाउनलोड हुने एपमा पहिलो नम्बरमा रहँदै आएको छ ।

अप्रिल महिनामा यो सूचिको पहिलो नम्बरमा जुम रहेको थियो । त्यसअघिका तीन महिना पनि टिकटक नै पहिलो नम्बरमा रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०