close

१८ हजारमै फाइभजी स्मार्टफोन ल्याउँदै साओमी

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ १५:२४

१८ हजारमै फाइभजी स्मार्टफोन ल्याउँदै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफाेन ब्राण्ड साओमीले सस्तो मूल्यमा फाइभजी स्मार्टफोन उपलब्ध गराउने तयारी गरेको छ । हालै बाहिरिएको एक जानकारी अनुसार कम्पनीले रेडमी नोट नाइन र नोट नाइन प्रोकाे फाइभ जी भेरियन्ट ल्याउने तयारी गरिरहेको छ ।

फाइभजी प्रविधिमा आधारित यी दुवै फाेनकाे मूल्य अनुमान गरेभन्दा धेरै सस्ताे हुने बताइएकाे छ । नाेटबुक चेकमा प्रकाशित एक समाचार अनुसार नाेट नाइन फाइभजीकाे मूल्य मात्र एक हजार चिनियाँ युआन (नेपाली १७ हजार ९ सय रूपैयाँ) र नाेट नाइन प्राेकाे मूल्य १५०० चिनियाँ युआन (नेपाली २६ हजार ९ सय रूपैयाँ) बाट सुरू हुनेछ ।

विश्व बजारमा सार्वजनिक गर्नुपूर्व कम्पनीले यी फोन चिनियाँ बजारमा उपलब्ध गराउने बताइएकाे छ । ‘टिना लिस्टङ’ का अनुसार प्राे भर्सनको पछाडि चारओटा क्यामेरा रहनेछ ।

जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहनेछ । याे फाेन १०८ मेगापिक्सेल भएकाे पहिलाे रेडमी फाेन समेत हुनेछ । ६.६७ इन्चको एलसीडी डिस्प्लेका साथ आउने उक्त फोनमा २२.५ वार्टको चार्जिङ सिस्टम रहने उल्लेख गरिएको छ । साथै ५ हजार एमएएचकाे शक्तिशाली ब्याट्री समेत हुनेछ ।

त्यस्तै रेड्मी नाेट नाइन फाइभजीमा ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा हुनेछ । ४/६४, ६/१२८ र ८/२५६ जीबी भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ ।

कम्पनीले यी फाेन डिसेम्बर महिनाकाे अन्त्यतिर सार्वजनिक गर्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०