close

८ रियर क्यामेराका साथमा नयाँ स्मार्टफोन आउँदै

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ २१:४९

८ रियर क्यामेराका साथमा नयाँ स्मार्टफोन आउँदै

काठमाडौं । कुनै समय स्मार्टफोनमा एउटा क्यामेरा हुने गर्दथ्यो । त्यस समय डुअल क्यामेरा हाम्रा लागि निकै नौलो चिज जस्तो लाग्थ्यो । तर आज सिङ्गल क्यामेरा भएका स्मार्टफोन दुर्लभ बन्दै गइरहेको छ । सामान्यतय आजभोलीका फ्ल्यागशिप फोनहरुमा चारवटा रियर क्यामेराहरु हुन्छन् ।

पेन्टाक्यामेरा भएका फोनहरु पनि धेरै थोरै कम्पनीहरुले निर्माण गरिरहेका छन्, जुन फोनको ब्याक सेटअपको माथिल्लो बायाँ भागमा राखिएका हुन्छन् । डिजाइन अनुसार कुनै कुनै फोनको मध्य भाग वा एउटा कुनामा राखिएका हुन्छन् ।

तर चिनियाँ स्मार्टफोन कम्पनीले आठ रियर क्यामेरा भएको  स्मार्टफोन डिजाइन विकास गरेको छ । यो फोनको ब्याकसेटअपको प्रत्येक चार कुनामा दुई/दुईवटा रियर क्यामेराहरु छन् । फोनमा  आठ रियर क्यामेरा कर्नरमा र चारवटा फ्ल्यास मध्य भागमा छन् । 

तर यो डिभाइस हालसम्म उत्पादन भएको भने छैन । भर्खरै कम्पोनेन्ट निर्माणकर्ता कम्पनी लेन्स टेक्नोलोजीले यसलेको डिजाइन प्याटेन्ट लिएको हो । तर स्मार्टफोन नै निर्माण नगर्ने कम्पनीले स्मार्टफोन डिजाइनको प्याटेन्ट किन लिएको हो भन्ने कुरा भने अझै अस्पष्ट छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०