close

आफ्नो गोपनीयता जोगाउन क्रोमबाट ब्रेभ ब्राउजरमा सिफ्ट हुँदै लाखौं प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ २१:४१

आफ्नो गोपनीयता जोगाउन क्रोमबाट ब्रेभ ब्राउजरमा सिफ्ट हुँदै लाखौं प्रयोगकर्ता

काठमाडौं । गएको दशक इन्टरनेट ब्राउजरको दुनियामा बादशाहको रूपमा निर्विवाद राज गरेको गुगल क्रोमका विश्वभर अर्बौं प्रयोगकर्ता रहेका छन् । यसो हुँदा गुगललाई आफ्नो बजार र प्रयोगकर्ताको विषय पक्कै पनि महत्वपूर्ण विषय हो ।

एप्पलको सफारी, माइक्रोसफ्ट एज र मोजिलाको फायरफक्स जस्ता क्रोमका प्रतिद्वन्द्वीले अहिलेसम्म प्रयोगकर्तालाई गुगलबाट आफूतर्फ सार्न सफल भएका छैनन् । तर, आफ्नो व्यक्तिगत गोपनीयताको बढ्दो चाहतले गर्दा लाखौं प्रयोगकर्ता आफैं गुगल क्रोम छाडिरहेका छन् ।

क्रोमको नयाँ चुनौतिको रुपमा क्रिप्टोकरेन्सीयुक्त, गोपनीयता केन्द्रीत ब्रेभ उदाएको छ । गत वर्षको तुलनामा सफारीका प्रयोगकर्तामा कुनै परिवर्तन आएको छैन । माइक्रोसफ्ट एजका प्रयोगकर्ता ०.५ प्रतिशतले बढेका छन् ।

Google Chrome, Google, Chrome, Brave, chart
ब्रेभको मासिक र दैनिक एक्टिभ युजर

तर, सँगै ब्रेभका प्रयोगकर्ता भने १३० प्रतिशतले बढेको उल्लेख छ । ब्रेभका प्रयोगकर्ता २ करोड भन्दा बढी भइसकेका छन् । यसको प्रमुख कारण गोपनीयता नै हो ।

ब्रेभमा रहेको डिफल्ट प्राइभेसी मोडका कारण पनि प्रयागकर्ता यसमा आकर्षित भएका हुन् । गुगलको इकोसिस्टममा भन्दा पूर्ण रुपमा फरक र नयाँ इकोसिस्टमा भएतापनि दुई करोडभन्दा बढी प्रयोगतर्का यसमा सिफ्ट हुनुले पनि ब्रेभ गुगल क्रोमको नयाँ चुनौतीको रुपमा हेरिएको छ ।

आफ्नो ब्राउजिङ अनुभव आफैंले नियन्त्रण गर्न सक्ने भएकाले पनि प्रयोगकर्ताले ब्रेभ रोजिरहेको ब्रेभका सह–संस्थापक तथा सीईओ ब्रेन्डन इचले बताएका छन् । उनका अनुसार ब्रेभ ब्राउजरमा रहेको ब्रेभ सिल्ड फिचरले जस्तोसुकै विज्ञापन र ट्र्याकरलाई ब्लक गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०