close

थाहा पाइराख्नुहोस् एप्पलको नयाँ म्यागसेफ चार्जिङ प्रविधि

टेकपाना टेकपाना

मंसिर १, २०७७ ११:१९

थाहा पाइराख्नुहोस् एप्पलको नयाँ म्यागसेफ चार्जिङ प्रविधि

काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन ट्वेल्भका चार मोडलहरु आईफोन ट्वेल्भ, ट्वेल्भ प्रो, ट्वेल्भ प्रो म्याक्स र ट्वेल्भ मिनीको बिक्री खुला गरिसकेको छ । यसमा फाइभजी, उत्कृष्ट क्यामेरा र एप्पलको सर्वप्रिय म्याकबुक फिचर: मेगासेफ चार्जर पनि छ । 

आज हामी तपाईंलाई यो मेगासेफ चार्जर र आईफोन ट्वेल्भका यी मोडलहरुले वायरलेस चार्जर अट्याच गर्न चुम्बकको कसरी प्रयोग गर्दछन् भनेर बताउने छौं । जुन एकदमै रोचक छ । 

यो फोनको पछाडि पट्टी क्यास, डक्स, माउन्ट र वालेट जस्ता विभिन्न म्याग्नेटिक एसेसरिजहरु अट्याच छन् । वास्तवमा भन्ने हो भने म्यागसेफ एसेससरिज आईफोन ट्वेल्भका उत्कृष्ट फिचरहरु मध्ये एक हो । 

अहिलेसम्म अन्य फोन निर्माता कम्पनीहरुले यसप्रकारको स्नापअन फिचरमा काम गरे पनि असफल बन्दै आइरहेका छन् । तर एप्पलले नयाँ मोडलमा यसको सफल प्रयोग गरेर प्रयोगकर्ताहरुलाई आईफोन प्रयोगको नयाँ तरिका सिकाएको छ । 

आईफोन ट्वेल्भमा कसरी काम गर्छ म्यागसेफ ?

एप्पलको नयाँ आईफोन ट्वेल्भ चार्जिङ क्वाइल अर्थात् ‘एर्रे अफ म्याग्नेट’ हरुसँग बाँधिएको छ । एप्पलका अनुसार यसले १५ वाटसम्मको पावर तान्न सक्छ ।

यो यसअघिका आईफोनमा रहेका वायरलेस चार्जिङभन्दा दुई गुणा शक्तिशाली छ । जब तपाईं पावर कर्डको चार्जिङ एण्डलाई आईफोनको पछिल्लो भागको नजिक ल्याउनुहुन्छ, त्यहा भएको म्याग्नेटले त्यसलाई आफूतिर तान्दछ ।

अन्य मेगासेफ एसेसरिजहरुको प्रक्रिया पनि यस्तै छ । तपाईंले वायलेस चार्जरमा के कुरा क्लिप अन गर्नुहुन्छ, त्यो त्यसको एनिमेसन आइकन आईफोनमा डिस्प्ले हुन्छ । 

आईफोन ट्वेल्भमा पाइन्छ मेगासेफ चार्जिङ केबल ?

एप्पल आईफोनमा यूएसबी सी टु लाइटिङ केबल मात्र हुन्छ । यसमा पावर ब्रिक वा इयरबड हुँदैन । एप्पलमा दुई म्यागसेफ चार्जिङ केबल छन्, जसमा एउटा स्ट्याण्डअलोन र अर्को चार्जरले एप्पल वाच चार्ज गर्न सक्छ ।

तर यी दुवैलाई भिन्दा भिन्दै खरिद गर्नुपर्दछ । तर एप्पलको निर्माणकर्ता कम्पनी बेल्किनले म्यागसेफ कम्प्याटिबल चार्जिङ केबल पनि बिक्री गर्दैछ । 

 एप्पल म्यागसेफ एसेसरिजको मूल्यक र सेल 

स्ट्याण्डअलोन म्यागसेफ चार्जर अहिले विश्वबजारमा ३९ डलरमा प्रिअर्डरमा उपलब्ध छ । जुन आगामी दुई तीन हप्तामा उपलब्ध हुने बताइएको छ ।

यस्तै क्लियर तथा सिलिकन केसको मूल्य ४९ डलर रहेको छ । जुन ७ देखि १० दिनसम्ममा उपलब्ध हुनेछ । लेदर वालेट केसको मूल्य ५९ डलर रहेको छ ।

यो ५ देखि ६ हप्ताबीचमा उपलब्ध हुनेछ । तर डुअल आईफोन र एप्पल वाच चार्जरको मूल्य र उपलब्धताबारे हालसम्म टुङ्गो लागिसकेको छैन । 

म्यागसेफ प्रयोग गर्ने एसेसरिजहरु 

चार्जर बाहेक एप्पलले लेदर वालेटसँगै लेदर, सिलिकन तथा क्लियर केसहरु समेत घोषणा गरेको छ । यो वालेट केसको माथिल्लो भागमा जोडिएको छ । केस प्रयोग गरेर वायरलेस चार्जिङ गर्न सकिन्छ । तर वालेट अट्याच भएको डिभाइसमा यो उपलब्ध छैन । 

म्याग्नेटले बैंक कार्ड त बिगार्दैन ?

एप्पलले वालेट एसेसरीलाई शिल्ड गरेको बताएको छ । जसले क्रेडिट तथा डेबिट कार्डमा हुने क्षतिलाई रोक्छ । 

मेगसेफ वारप्रुफिङमा काम गर्छ ?

सबै आईफोन ट्वेल्भमा यूएसबी सी टु लाइटिङ केबल प्याकेज छ । फोनमा भएको लाइटिङ पोर्ट लाइटिङ चार्जरसँग ब्याकवार्ड कम्प्याटिबल छ । 

वायरलेस चार्जरले पुराना आईफोनमा काम गर्छ ?

नयाँ आईफोन क्यूआई इनेबल वायरलेस चार्जिङ डिभाइससँग ब्याकवार्ड कम्प्याटिबल छ । यदि तपाईंको पुरानो डिभाइसले ७.५ वाट पावर सप्लाई गर्दछ भने तपाईंको नयाँ आईफोनले पनि त्यति नै चार्ज तान्दछ ।

यसले वास्तवमा १५ वाटसम्म चार्ज तान्न सक्छ । यो नयाँ म्यागसेफ चार्जर पुराना डिभाइसहरुसँग पनि ब्याकवार्ड कम्प्याटिबल छ । 

म्यागसेफले म्याकबुकमा कसरी काम गर्छ ?

म्याकबुकमा भएको ओरिजिनल म्यागसेफबाट ल्यापटपमा एप्पलको प्रोप्राइटरी पावर केबल अट्याच गर्न सकिन्छ । चार्ज गरिसकेपछि डिभाइस र चार्जरलाई तानेर छुटाउनु पर्छ । यो सुरक्षाका लागि बनाइएको हो । 

। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०