close

आईफोन ट्वेल्भमा देखिन थाल्यो म्यासेज हराउने समस्या

टेकपाना टेकपाना

मंसिर १, २०७७ ८:३७

आईफोन ट्वेल्भमा देखिन थाल्यो म्यासेज हराउने समस्या

काठमाडौं । एप्पलको नयाँ आईफोन ट्वेल्भ अहिलेको हटकेक विषय हो । तर अब लाखौं प्रयोगकर्ताले अपग्रेडका लागि केही समय कुर्नुपर्ने भएको छ । 

म्याकर्‍युमरमा प्रकाशित खबरका अनुसार धेरै संख्यामा प्रयोगकर्ताहरुले आईफोन ट्वेल्भको एसएमएस म्यासेजिङमा समस्या भएको बताएका छन् । प्रयोगकर्ताहरुको गुनासो अनुसार उनीहरुले एसएमएस पठाउन, पाउन सकिरहेका छैनन् ।

ग्रुप च्याटमा म्यासेज हराउने र एसएमएसको नोटिफिकेसन नआउने समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । त्यसो त यस्तो समस्या पुराना मोडलहरुमा पनि देखिदैँ आइरहेको छ  

आईफोन ट्वेल्भ प्रो म्याक्सका एक प्रयोगकर्ताले ट्वीटरमा एक तिहाई एसएमएस नपाएको बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०