close

तपाईं स्पाइवेयरको निशानामा पर्नुभएको त छैन ? जोगिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १२:३६

तपाईं स्पाइवेयरको निशानामा पर्नुभएको त छैन ? जोगिन यसो गर्नुहोस्

काठमाडौं । स्पाइवेयर एक किसिमको माल्वेयर हो, जसलाई तपाईंकाे निगरानी गर्न डिभाइसमा इन्जेक्ट गरिन्छ । यो तपाईंको कम्प्युटरमा लुकेर बस्छ र तपाईंको जानकारी तथा डेटालाई गोप्यरुपमा संकलन गर्दछ । यसले तपाईंलाई जानकारी नदिई अर्को पार्टीलाई बिना सहमति त्यस्ता डेटा पठाउने काम गर्दछ । 

मानिसहरुले वैधानिक तथा मूलधारका सफ्टवेयरलाई स्पाइवेयरको करार दिने गरेका छन् । सामान्यतः फेसबुकमाथि यो आक्षेप लाग्दै आएको छ । तर वास्तवमा यो स्पाइवेयर शब्दको दुरुपयोग हो । वास्तविक स्पाइवेयर त अझ खतरा हुन्छन् । 

स्पाइवेयर पनि विभिन्न किसिमका छन् । प्रत्येकका आफ्ना आफ्नै स्वभाव हुन्छन् । उदाहरणका लागि केही स्पाइवेयरहरु अन्य माल्वेयर जसरी इन्स्टल हुन्छन् । ईमेल वा वेबसाइटमा आएका संक्रमित लिंककाे क्लिक वा मेलिसियस स्पाइवेयर पेलोड भएको इमेल फाइल अट्याचमेन्ट खोल्दा यी स्पाइवेयरहरु इन्स्टल हुने गर्छन् । 

तर स्पाइवेयरहरु त तपाईंले विश्वास गरेका सफ्टवेयरहरुमा पनि जोडिएर अथवा प्याकेज भएर आउने गर्छन् । उदाहरणका लागि इन्टरनेटमा भएका न्यून गुणस्तरको फ्री सफ्टवेयरहरुमा गोप्यरुपमा स्पाइवेयर तत्वहरु लुकेर बसेका हुन्छन् । जुन तपाईंको प्राइमेरी एप वा सफ्टवेयरसँगै इन्स्टल भइदिन्छन् ।  

हामीले अधिकांश सामना गर्नुपर्ने स्पाइवेयरहरु भने निम्न चार किसिमका छन् । 

ट्रयाकिङ कुकिज

यो सफ्टवेयरले तपाईंको अनलाइन गतिविधिलाई पछ्याउँछ र तपाईंले भिजिट गर्ने हरेक साइटको रेकर्ड डिटेलमा राख्छ ।  

ट्रोजन स्पाइवेयर

ट्रोजन हर्सको लोककथाबाट लिइएको ट्रोजन नामको स्पाइवेयर एउटा वैधानिक स्पाइवेयरको रुपमा तपाईंको डिभाइसमा आएर पछि संवेदनशील तथ्यांकहरु चोरेर लग्ने काम गर्छ । 

एडवेयर

यो सफ्टवेयरको मुख्य उद्देश्य भनेको तपाईंलाई विज्ञापन देखाउने हो । यसले तपाईंको अनलाइन गतिविधि र ब्राउजिङ हिस्ट्रीमा आधारित रहेर आफ्नो काम गर्दछ । 

की लगर्स

यस किसिमको स्पाइवेयरले तपाईंको सबै की स्ट्रोक (की थिचेको ठाउँ) लाई रेकर्ड गरेर तपाईंको धेरैभन्दा धेरै जानकारी निकाल्छ । जसमा तपाईंले विभिन्न गोप्य साइटमा लगइन गरेका क्रेडेन्सियलहरु पनि हुन सक्छन् । 

उसाे भए कसरी बच्ने त ? 

स्पाइवेयरबाट बच्न तपाईंले केही सावधानी अपनाउन सक्नुहुन्छ । 

शंकास्पद स्रोतबाट नि:शुल्क सफ्टवेयरहरु इन्स्टल नगर्नुहोस् 

विन्डाेज तथा मूलधारका एपहरुले गर्न नसेका कामहरु आफूल गर्न सक्ने दाबी गर्ने धेरै अनलाइन टुलहरु इन्टेरनेटमा छ्यापछ्याप्ती पाइन्छन् । यस्तो बेला कुनै कामका गर्न चाहिने एपको गुगल सर्च गर्दा प्रशस्त नि:शुल्क एपहरु गुगलले देखाइदिन्छन् ।

तर त्यस्ता नि:शुल्क एपहरुमा स्पाइवेयरहरु बसेका हुन्छन् । यसैकारण सस्तो र जथाभावी अनलाइन टुल वा स्रोतको प्रयोग गर्नुको सट्टा नाम चलेका र सशुल्क सफ्टवेयरहरु प्रयोग गर्नुहोस् । 

एन्टी माल्वेयर सफ्टवेयरको प्रयोग

तपाईंको कम्प्युटरलाई कुनै किसिमको एन्टी माल्वेयर वा एन्टीभाइरस सफ्टवेयरको सुरक्षामा राख्ने गर्नुहोस् । आधुनिक प्रोग्रामले पनि तपाईंको डिभाइसलाई सामान्य स्पाइवेयरबाट जोगाउन सक्छ । कम्तीमा पनि आफ्नो विण्डोजमा बनेका सेक्युरिटी सफ्टवेयरहरु प्रयोग गर्नुहोस् ।

यसबाहेक तपाईंले थर्ड पार्टी टुल पनि प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो सफ्टवेयरमा नियमित अपडेट भएको समेत सुनिश्चित गर्नुहोस् । 

कम्प्युटरलाई अपडेट राख्नुहोस् 

पछिल्लाे विण्डोज सफ्टवेयर तथा सेक्युरिटी अपडेटद्वारा आफ्नो कम्प्युटरलाई सधै अपडेट राख्नुहोस् । अन्यथा कम्प्युटर अपडेट भएनन् भने ट्रबलसूटको प्रक्रिया प्रयोग गर्नुहोस् । 

अविश्वसनीय कुराहरुमा क्लिक नगर्नुहोस् 

सधै परीक्षण गरी प्रमाणिक ठहरिएका डिभाइसरु प्रयोग गर्ने बानी बसाल्नुहोस्  । आफूलाई विश्वास नभएका, नजानेका वा शंकास्पद स्रोतबाट आएका लिङ्कमा क्लिक नगर्नुहोस् ।

यदि तपाईंले पठाउने व्यक्तिलाई चिन्नुहुन्न वा ईमेल वैधानिक जस्तो देखिन्न भने सतर्क रहनुहोस् । वेबसाइट तथा एपमा पनि सोही किसिमको नियम लागू हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०