close

चर्चित ह्याकर मज ट्वीटरको सुरक्षा प्रमुखमा नियुक्त

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १३:२६

चर्चित ह्याकर मज ट्वीटरको सुरक्षा प्रमुखमा नियुक्त

काठमाडौं । मजको उपनामले चिनिने विश्वकै प्रभावशाली ह्याकर पिइटर सी जाट्कोलाई ट्वीटरले आफ्नो नयाँ सुरक्षा प्रमुखको रुपमा नियुक्त गरेको छ । 

कम्पनीले पिइटर जाट्कोलाई विभिन्न थ्रेटबाट आफ्नो प्लेटफर्मलाई जोगाउन स्ट्राइप नामको पेमेन्ट स्टार्टअपबाट ट्वीटरमा ल्याएको हो । सूचना सुरक्षाको क्षेत्रमा पिइटरको अनुभव २० वर्ष लामो छ । 

ट्वीटरमा संलग्न भएको खबर बाहिर आएपछि पिइटरले ट्वीटर गर्दै लेखेका छन्, ‘सबै कुरा बाहिर आइसकेको छ । ट्वीटरको कार्यकारी टिममा बसेर काम गर्न पाउँदा म निकै उत्साहित छु । सार्वजनिक अन्तरक्रियालाई सुरक्षित बनाउनुपर्छ भन्ने कुरामा म पनि विश्वास गर्छु । म सकेसम्म मेरो उत्कृष्ट क्षमता प्रदर्शन गरेर देखाउने प्रयास गर्नेछु ।’

१९९० को दशकमा एकदमै चर्चित ह्याकर समूह ‘कल्ट अफ दी डेड काउ’को उनी एक सदस्य रहिसकेका छन् । साथै उनले लोप्ट ह्याभ्भी उद्योगमा समेत काम गरिसकेका छन् । 

उक्त समूहले ब्याक अरिफाइस जस्तो ह्याकिङ टुल पनि बनाइसकेका छन् । जसले ह्याकरलाई प्रभावित मसिनमाथि नियन्त्रण जमाउन मद्दत गर्दछ । साथै पासवर्ड क्रयाक गर्ने मसिन लोप्ट क्रयाक पनि उनैको टिमले बताएको थियो । ‘कल्ट अफ दी डेड काउ’ ह्याकर कम्युनिटीमा नवीन संस्कृतिको संवाहक पनि हो ।

उनीहरुले म्युजिक र जिन वितरण गर्नेदेखि समारोह आयोजना गर्ने र प्रयाङ्क तथा अनलाइन एक्टिभिज्ममा पनि संलग्न हुने संस्कृतिको विजारोपण गरेका हुन् । 

तर ९० दशकको अन्त्यतिर इन्टरनेटको व्यवसायिक महत्व बढ्दै जान थालेपछि मजको ह्याकर कम्युनिटीमा केन्द्रीय भूमिका पनि बढ्दै जान थाल्यो । राजनीतिक नेतृत्वसँग उनको दोहोरो वार्ता चल्न थाल्यो ।

त्यस समय सूचना सुरक्षाको खराब स्ट्याण्डर्डलाई लिएर अमेरिकी कंग्रेसको सम्मुखमा लोप्टका अन्य सदस्यसँगै उनले पनि स्पष्टिकरण दिनुपर्‍यो । 

मजले अमेरिकी भूतपूर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा इन्टरनेट सुरक्षाको विज्ञ सल्लाहकार टोलीमा बसेर समेत काम गरिसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०