काठमाडौं । राम्रो फोटोग्राफी केवल महंगा स्मार्टफोन वा डीएसएलआर क्यामेराबाट मात्र गर्न सकिन्छ भन्ने छैन । बरु साधारण स्मार्टफोनबाट समेत निकै आकर्षक फोटो खिच्न सकिन्छ । तर त्यसका लागि तपाईंले केही ट्रिक्स भने अपनाउनुपर्ने हुन्छ ।
फोकस मिलाउनुहोस्
यदि तपाईं युनिक फोटोग्राफी गर्न चाहनुहुन्छ भने फोटोमा फोकसका लागि म्यानुअल फोकसको प्रयोग गर्नुहोस् । राम्रो फोटो क्लिक गर्नका लागि सकेसम्म अटो फोकस प्रयोग नगर्नुहोस् ।
किन कि अटो फोकसले हरेक समय उचित किसिमको फोकस मिलाउन सक्दैन । म्यानुअल रुपमा फोकस सेट गर्न निकै सहज छ ।
यसका लागि फोटो खिच्दैगर्दा सब्जेक्टमा ट्याप गर्नुहोस् । यसरी तपाईं जुन स्थानमा फोकस गर्न चाहनुहुन्छ, त्यही स्थानमा ट्याप गरेर मिलाउन सक्नुहुन्छ । बाँकी भाग भने फोकसभन्दा बाहिर बस्नेछ ।
राम्रो ब्राइटनेसका लागि एक्सपोजर मिलाउनुहोस्
फोटोग्राफीका लागि प्रकाशले अहम मूमिका राख्दछ । फोटोग्राफीको समयमा यदि धेरै वा थोरै मात्रामा प्रकाश भएको खण्डमा तस्वीरको गुणस्तर खराब हुनसक्छ ।
यस्तोमा राम्रो फोटोका लागि सही मात्रामा लाइटको आवश्यकता पर्दछ । यसका लागि फोटो क्लिक गर्नु अघि एक्सपोजर मिलाउनुपर्ने हुन्छ ।
यो काम पनि निकै सहज छ । फोटो खिच्दाको समयमा स्क्रिनको बीच भागमा ट्याप गरेर औँलाले तल माथि स्वाइप गरेर एक्सपोजर मिलाउन सकिन्कछ ।
यद्यपी म्यानुअल रुपमा फोटोको ब्राइटनेस मिलाउने तरिका स्मार्टफोनअनुसार फरक हुन सक्छ । यदि सही रुपमा एक्सपोजर मिलाउन सकियो भने फोटोको कलर डिटेल स्पष्ट देखिनेछ ।
पाेट्रेट मोड
यदि तपाईं आकर्षक ब्लर ब्याकग्राउण्ड सहितको फोटो खिच्न चाहनुहुन्छ भने तपाईंले पोट्रेट मोड प्रयोग गर्न सक्नुहुन्छ । सामान्यतया ब्लर ब्याकग्राउण्ड भएको फोटो डीएसएलआर क्यामेराबाटै खिच्न सम्भव हुन्छ ।
तर यस्तो फोटो अबका स्मार्टफोनबाट समेत सम्भव भइसकेको छ । यदि तपाईंको फोनको क्यामेरामा पोट्रेटमोड छ भने एउटा राम्रो ब्लर ब्याकग्राउण्ड भएको फोटो खिच्न सक्नुहुन्छ ।
पोट्रेट मोड प्रायः क्यामेरा एपमा ब्युल्ट ईन रुपमा उपलब्ध हुने गर्दछ । जसलाई तपाईं क्यामेराको तल्लो भागमा फेला पार्न सक्नुहुन्छ । ६ देखि ७ फिट दुरीबाट पोट्रेट मोडमा फोटो खिच्नुपर्ने हुन्छ । यसबाट फोटोमा राम्रो डेप्थ मिल्नेछ ।
क्लियर फोटो निकाल्न के गर्ने ?
यदि तपाईं एक क्लियर तथा स्पष्ट फोटो खिच्न चाहनुहुन्छ भने फोटोग्राफीको समयमा फोनलाई स्टिल अर्थात स्थिर अवस्थामा राख्नुहोस् । धेरै हलचल गराउने काम नगर्नुहोस् ।
यदि फोनमा स्टडी क्यामेरा मोड वा सुपर स्टडी क्यामेरा मोड दिइएको छ भने त्यसको प्रयोग गर्नुहोस् । यसले तपाईंलाई स्पस्ट फोटो खिच्न सघाउनेछ ।
यसरी बनाउनुहोस् राम्रो फ्रेम
फोटोमा राम्रो फ्रेमका लागि रुल अफ थर्डको प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट व्यवस्थित तथा सुन्दर मोबाइल फोटो प्राप्त हुनसक्दछ । यो फोटो सानदार एक्सपोजरका साथै उचित कम्पोजिसनमा रहनेछ । एउटा राम्रो फोटोका लागि कम्पोजिसन निकै महत्वपूर्ण हुने गर्दछ ।
त्यसैले सधैं सब्जेक्ट तथा फोकल प्वाइन्टका लागि रुल अफ थर्डको प्रयोग गर्नुहोस् । यसको मतलब मूख्य अब्जेक्ट वा वस्तु अर्थात जसको फोटो खिच्दै हुनुहुन्छ, त्यसलाई फ्रेमको बीच भागमा नराखेर अर्को स्थानमा राख्नुहोस् ।
अर्थात फोटो फ्रेमलाई तीन भागमा विभाजन गरेर अब्जेक्टलाई सकेसम्म छेउको एक भागभित्र समेन्टेन कोसिस गर्नुहोस् ।
यसका लागि तपाईंले सामान्य क्यामेरा ग्रिडको प्रयोग गर्न पनि सक्नुहुन्छ । क्यामेरा ग्रिडको प्रयोग गर्नका लागि तपाईंले सेटिङमा गएर त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ । यसबाट भ्यू फाइन्डर फ्रेममा तपाईंले ठाडो तथा तेर्साे लाइनहरु देख्न सक्नुहुनेछ ।