close

आईटीमैत्री कन्फ्रेन्स हल बनाउँदै संसदको लेखा समिति

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १६:२२

आईटीमैत्री कन्फ्रेन्स हल बनाउँदै संसदको लेखा समिति

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिमा आईटीमैत्री कन्फ्रेन्स हल निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बोलपत्रको आह्वान गरेको छ । हलका लागि आवश्यक डिजाइन, सप्लाइ, इन्स्टलेसन तथा सञ्चालनका लागि उक्त बोलपत्र आह्वान गरिएको हो ।  

प्राधिकरणले बुधबार आह्वान गरेको उक्त बोलपत्रको समयसीमा मंसिर २९ सम्म रहेको छ । बोलपत्र सोही दिनको साढे १२ बजे प्राधिकरणको कार्यलयमा खोलिने प्राधिकरणले आफ्नो सूचनामा उल्लेख गरेको छ । 

बोलपत्रका लागि प्राधिकरणले सात लाख ५० हजार नेपाली रुपैयाँको बिड धरौटी तोकेको छ ।इच्छुकले बोलपत्रको डक्युमेन्ट सार्वजनिक खरिद अनुगमन कार्यालयकाे ईजीपी सिस्टमबाट डाउनलोड गर्न सक्नेछन् । 

संघीय संसदको पूर्वाधार निर्माण प्राधिकरणको क्षेत्रधिकारमा पर्दैन । तर नेपाल सरकारले आफ्नो बजेट स्वीकृत गर्दा संघीय संसदको कन्फ्रेन्स हल बनाइदिने जिम्मेवारी प्राधिकरणको कार्यक्रममा थपेर पठाइदिएको प्राधिकरणका सूचना अधिकारी सन्दिप अधिकारीले जानकारी दिए ।

सूचना पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०