काठमाडौं । नयाँ स्मार्टफोन पोको एमथ्री विश्व बजारमा सार्वजनिक भएको छ । यो फोन चार जीबी र्यामका साथ ६४ जीबी तथा १२८ स्टोरेज भेरियन्टका साथ बजारमा आएको हो ।
चार जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको पोको एमथ्रीको मूल्य १२९ डलर (१५ हजार २४४ रुपैयाँ) तथा चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६९ डलर (१७ हजार ६०० रुपैयाँ) रहेको छ ।
With early bird price starting at 129 USD!#POCOM3 is indeed much #MoreThanYouExpect!
— POCO (@POCOGlobal) November 24, 2020
Add POCO M3 to your cart right now!
नेपाली बजारमा यो फोन कहिले आइपुग्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन । पोको एमथ्री ब्लू, ब्ल्याक र यलो कलर अप्सनमा उपलब्ध हुनेछ ।
यस्तो छ स्पेसिफिकेसन
पोको एमथ्री स्मार्टफोनमा ६.५३ इन्चको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । फोनको डिस्प्लेमा वाटर ड्रप स्टाइलको नोच रहेको छ ।
क्वालकम स्नापड्रागन ६६२ प्रोसेसरका साथ पोको एमथ्रीमा एड्रिनो ६१० जीपीयू सपोर्ट दिइएको छ । जसले गुगलको एन्ड्रोइड इलाभेन अपरेटिङ सिस्टममा आधारित एमआईयूआईमा काम गर्नेछ ।
फोनमा ६००० एमएएच क्षमताको ब्याट्री रहेको छ । जुन १८ वाट फास्ट चार्जरका साथ उपलब्ध हुनेछ । पोको एमथ्री स्मार्टफोनलाई वनप्लस एटटी साइबरपङ्क २०७७ स्पेसल एडिसन जस्तै रुपमा डिजाइन गरिएको छ ।
फोनमा डुअल टोन फिनिसङ तथा पोको ब्राण्डिङ क्यामेरा प्रयोग गरिएको छ । पोको एमथ्रीको क्यामेराको कुरा गर्दा यसमा पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् ।
जसमध्ये प्राइमरी क्यामेरा ४८ मेगापिक्सेलको रहेको छ भने २ मेगापिक्सेलको म्याक्रो लेन्स तथा दुई मेगापिक्सेलकै डेप्थ सेन्सर दिइएको छ । साथै सेल्फीका लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
