काठमाडौं । ६ वर्षका एक बालकले आफ्नो मनकाे चाहनाबारे व्यक्त गरेकाे एक भिडियाेले छिनभरमै चर्चा बटिलरहेकाे छ । सामान्य हिसाबले कुनै बालकले राखेकाे सपनालाई लिएर विश्वकै ध्यान तान्ला भनेर साेचिँदैन ।
तर आयरल्यान्डका ६ वर्षीय एक बालककाे अन्तर्वार्ता टिभीबाट प्रसारण भएपछि लाखाैंले उनलाई पछ्याउन थालेका छन् । अन्तरिक्ष मिसनमा सहभागी हुने आफ्नो सपना टेलिभिजनमार्फत व्यक्त गरेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको समेत ध्यानाकर्षण भएकाे छ ।
गत शुक्रबार ६ वर्षीय बालक एडम किङले आयरल्याण्ड्को एउटा टिभी शाे द लेट, लेट टोय सो मा ठूलो भएपछि मिसन कन्ट्रोलमा काम गर्ने इच्छा जाहेर गरेका थिए ।
शारीरिक रुपमा अशक्त ती बालकले टेलिभिजन मार्फत त्यस्तो बताएपछि अमेरिका तथा युरोपेली स्पेस एजेन्सीका हाई प्रोफाइल अन्तरिक्षयात्रीहरुले उनलाई सहयोगको सन्देश पठाएका थिए ।
उनको अन्तरवार्ता टेलिकास्ट भएपछि नासाले पनि आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट गर्दै लेखेको थियो, ‘सपना देख्नेहरुको हाम्रो टिममा एकदिन उनलाई जोड्न हामी पनि प्रतिक्षारत छौं ।’
? Adam’s kind heart and adventurous spirit inspires us.
There’s space for everybody at NASA, and we can’t wait for him to one day join our team of dreamers. We’ll be here when he’s ready. ? pic.twitter.com/WJCzue9O13
आरटीईको उक्ट द लेट, लेट टोय शाे एउटा वार्षिक परम्परा जस्तै हो । जहाँ आइरिस परिवारका बालबालिकाहरुलाई कार्यक्रममा बोलाएर उनीहरुले बनाएका खेलौना तथा ग्याजेटहरुको राम्रो रिभ्यु दिने गरिन्छ ।
यस वर्ष भने काउन्टी कर्कका टोय टेस्टर एडम वर्षकै स्टार बने जब कार्यक्रमका होस्ट र्यान टुब्रिडीको भविष्यमा के बन्ने भन्ने प्रश्नमा उनले नासाको क्यापकम भन्ने उत्तर दिए ।
क्यापकमको अर्थ अन्तरिक्षयानको कम्युनिकेटर हाे । जसले फ्लाइट कन्ट्रोल र अन्तरिक्षयात्रीबीच कम्युनिकेसन लिङ्क प्रदान गर्दछन् । ब्रिटल बोन अर्थात् हाड कमजोर हुने शारीरिक समस्याका कारण आफू अन्तरिक्षयात्री बन्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममै विशेषरुपमा तयार गरिएको कार्डबोर्ड रकेटलाई होस्टले स्पेसमा लन्चअघि एडमले इन्स्ट्रक्सन दिएर आफ्नो सीपलाई प्रस्तुत गरेका थिए ।
उक्त इन्स्ट्रक्सनको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ । यसैबीच यो नासामा पनि पुगेको थियो । नासाले ट्वीटरमार्फत एडमको त्यस्तो स्पिरिटले नासालाई नै प्रेरित गरेको बताएको थियो ।