काठमाडौं । गलत विज्ञापन गरेर ग्राहकलाई झुक्याएको भन्दै इटालीको एन्टिट्रस्ट अथाेरिटीले एप्पललाई कारबाही गरेको छ ।
कम्पनीले आईफोनसम्बन्धी ‘आक्रामक र भ्रामक’ व्यवसायिक विज्ञापन बनाएर ग्राहकलाई झुक्याएको भन्दै एक करोड युरो अर्थात् एक अर्ब ४२ करोड रुपैयाँ बराबरकाे जरिवाना गरिएको हो ।
नियामकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले धेरै आईफोन मोडेलहरू वाटर रेसिस्टेन्ट अर्थात् पानी नछिर्ने भएकाे भनेर विज्ञापन गरेको छ । तर, केही खास परिस्थितिमा बाहेक विज्ञापन अनुसार नपाइएकाले कारबाही गरिएको हो ।
यसका साथै एप्पलकाे वारेन्टी सम्बन्धी शर्त पनि भ्रामक रहेकाे बताइएकाे छ । तरल पदार्थले क्षतिग्रस्त भएका आईफोन एप्पलले मर्मत गर्न नसकेकाे पनि साे विज्ञप्ति उल्लेख गरिएकाे छ ।