close

भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ

टेकपाना टेकपाना

मंसिर १६, २०७७ ११:५५

भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले चिनियाँ स्मार्टफोन कम्पनी भिभोसँगको सहकार्यमा जिओ फोन ल्याउने तयारी गरेको छ । भिभोको चर्चित वाई सिरिजका स्मार्टफोनका लागि यी दुईबीच सम्झौता हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअनुसार, नयाँ जिओफोन अन्तर्गत कम्पनीले प्रयोगतर्काले जिओको ओटीटी सेवाको सदस्यता, एकपटक स्क्रिन रिप्लेसमेन्ट लगाएको सुविधा पाउनेछन् ।

भारतीय ८ हजार रूपैयाँ पर्ने यो स्मार्टफोन जिओ कनेक्सनका साथ खरिद गर्नुपर्ने उल्लेख गरिएको छ । रिपोर्ट अनुसार यो स्मार्टफोन आउँदो डिसेम्बरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कम्पनीले भिभोसँग मात्र नभई लाभा र कार्बन लगायतका अन्य भारतीय स्मार्टफोन निर्माताहरूसँग पनि यस्तै खालको सम्झौता गरेकाे जनाइएको छ ।

साथै फोरजी फोनका लागि अर्को चिनियाँ कम्पनी आईटेलसँग पनि वार्ता चलिरहेको जनाइएको छ । आईटेलसँगको सहकार्यमा आउने यी स्मार्टफोनको मूल्य ३ हजारदेखि ४ हजार भारतीय रूपैयाँ सम्ममा हुनसक्ने जनाइएको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०