close

साओमीका फोन बिक्रीमा प्रतिबन्धको माग गर्दै भारतीय अदालतमा मुद्दा दायर

टेकपाना टेकपाना

मंसिर १७, २०७७ १२:१८

साओमीका फोन बिक्रीमा प्रतिबन्धको माग गर्दै भारतीय अदालतमा मुद्दा दायर

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड फिलिप्सले आफ्नो प्याटेन्ट प्रयोग भएका साओमीका फोनको बिक्री रोक्न भारतको उच्च अदालतमा मुद्दा दर्ता गरेको छ । साओमी इन्डिया विरुद्ध मुद्दा दर्ता गर्दै कम्पनीको प्याटेन्टमाथि खेलवाड गरेको भन्दै स्मार्टफोन बिक्री रोक्न उसले अदालतको आदेश माग गरेको हो ।

सो मुद्दामा चिनियाँ स्मार्टफोन निर्माता, यसको सम्बद्ध कम्पनी, अधिकारी वा एजेन्टलाई विपक्षी बनाइएकाे छ । जसमा फिलिप्सले कम्पनीको स्मार्टफोन बिक्री रोक्नका साथै निमार्ण कार्य, एसेम्बल, आयात तथा विज्ञापन गर्न समेत रोक्न माग गरिएकाे छ ।

त्यसैका आधारमा अदालतले साओमी र अन्य प्रतिवादीलाई भारतमा सञ्चालित बैंक खाताको १००० करोड भारु सुरिक्षत राख्न निर्देशन दिएको छ ।

साओमीले फिलिप्सको प्याटेन्टयुक्त सामग्रीको प्रयोग गरेर पैसा नबुझाएको भन्दै उक्त मुद्दा दर्ता गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०