close

क्रेटु लर्निङका प्रत्येक आईटी कोर्शमा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

मंसिर १७, २०७७ १३:५३

क्रेटु लर्निङका प्रत्येक आईटी कोर्शमा ५० प्रतिशत छुट

काठमाडौं । आईटी तालिम प्रदायक क्रेटु लर्निङले प्रत्येक आईटी कोर्शमा विशेष छुटकाे याेजना ल्याएकाे छ । संस्थाले प्रोग्रामिङ, नेटवर्किङ, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, ग्राफिक्स डिजाइनिङ लगायतका कोर्शमा ५० प्रतिशत छुट दिने भएको हो ।

यो योजनाबाट युवा र विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले लाभ लिन सक्ने क्रेटु डेभलपर्सका सीईओ राजु श्रेष्ठले बताए । उनका अनुसार कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै हरेक सेसनमा ६ जना विद्यार्थी मात्रै सहभागी गराइनेछ ।

तीनकुनेमा कार्यालय रहेकाे क्रेटुमा विद्यार्थीले विहान सात बजेदेखि साँझ ७ बजेसम्मको कुनै पनि समयमा पढ्न सक्ने उनले बताए । साथै विद्यार्थीका लागि इन्टर्नसिपको अवसर समेत प्रदान गरिनेछ ।

काठमाडौंबाहेक क्रेटुको महेन्द्रनगर शाखाबाट पनि आईटी तालिम सञ्चालन भइरहेको छ । त्यस्तै क्रेटुले विद्यार्थीका लागि भर्चुअल कक्षा समेत सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०