काठमाडौं । युट्युवले आफ्नो प्लेटफर्ममा लोकप्रिय रहेका भिडियो तथा क्रिएटरको वार्षिक सूची प्रकाशित गरेको छ । हरेक वर्ष युट्युवले दर्शकले धेरै रुचाएका भिडियो र क्रिएटरको सूची निकाल्ने गर्छ ।
युट्युवको २०२० को टप ट्रेण्डिङ सूचीमा परेका भिडियो र क्रिएटर यस्ता छन् ।
- Netflix Is A Joke – 8:46, Dave Chappelle
- Mark Rober – Building the Perfect Squirrel Proof Bird Feeder
- SNL – First Debate Cold Open
- JeffreeStar – We Broke Up
- MrBeast – I Bought The World’s Largest Firework
- NikkieTutorials – I’m Coming Out.
- Dream – Minecraft Speedrunner VS 3 Hunters GRAND FINALE
- NBC – Ricky Gervais’ Monologue – 2020 Golden Globes
- Dude Perfect – Quarantine Stereotypes
- SomeGoodNews – Some Good News with John Krasinski – Ep 1
यस वर्ष कुनै निश्चित विषय वा एजेण्डामा भिडियोहरु ट्रेण्डिङमा बसेनन् । विषयवस्तु र भिडियोका प्रकारहरु पनि धेरै किसिमका थिए । तर हाँस्य व्याङ्ग्यात्मक सामग्री भने ट्रेण्डिङमै रह्यो ।
यी सूचीबाट थाहा पाउन सकिने कुरा भनेको शीर्ष १० च्यानलको सूचीमा पहिलो पाँचवटा भिडियो गेमिङ सामग्रीसँग सम्बन्धित छन् ।
माथिका सूचीहरु हेरेपछि युट्युवमा कन्टेन्ट क्रिएटरहरुलाई आफ्नो भिडियोमा गर्नुपर्ने किसिमका सुधारहरु पनि धेरै हदसम्म थाहा हुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
