काठमाडौं । एक समय थियो, जब हाई पीसी पर्फर्मेन्सका लागि ठूलो र गह्रौं ल्यापटप नै एक मात्र विकल्प हुने गर्दथ्यो । तर अब यो वितेको कुरा भइसक्यो ।
शक्तिशाली दशौं पुस्ताको इन्टेल कोर प्रोसेसर तथा पावरफुल पर्फर्मेन्सका साथ अब अल्ट्रा पोर्टेबल एवम् हलुका ल्यापटप समेत उपलब्ध हुन थालिसकेका छन् । यदि तपाईं घर वा अफिसमा बसेर आफ्नो ल्यापटपबाट काम गर्नुहुन्छ, तब यस्ता पावरफुल प्रोसेसरले तपाईंको काम गराईलाई सहज बनाइदिन्छन् ।
दशौं पुस्ताका इन्टेल कोर पावर ल्यापटप वास्तवमा जहाँसुकै जहिलेसुकै उत्पादनशिल तथा मनोरञ्जन लिने हिसाबले नै बनाइएका हुन् ।
थाहा पाइराख्नुहोस्, दशौं पुस्ताको इन्टेल कोर प्रोसेसर
एउटा अल्ट्रा पोर्टेबल पीसी अनुभवका लागि पावरफुल प्रोसेसरको रुपमा इन्टेल कोरले कम्प्याक्ट डिजाइनमा उच्चतम पर्फर्मेन्स दिन सक्दछ । एउटा नयाँ आर्किटेक्चर तथा म्यानुफ्याक्चरिङ प्रोसेसरको प्रयोगबाट इन्टेलले १० औं पुस्ताको इन्टेल कोर प्रोसेसरलाई पहिलेदेखि नै केही सानो तथा बढी पावर एफिसेन्ट बनाएको छ ।
यसबाट विद्युतीय ऊर्जाको खपत कम गरिएको छ र ब्याट्रीको लाइफ बढाइएको छ । यो सानो पावरहाउस, स्लिम तथा हलुका ल्यापटपका लागि निकै उपयुक्त छ ।
जसले सधैं पावरफुल कम्प्युटिङ अनुभव प्रदान गर्दछ । लगातार रुपमा काम गर्न मजेदार पर्फर्मेन्सः ५.३ गिगाहर्ज टर्बो, ८ एमबी कोरो तथा १६ एमबी इन्टेल स्मार्ट क्याशका साथ दशौं पुस्ताको इन्टेल कोर प्रोसेसरले एउटा ल्याग रहीत अनुभव प्रदान गर्दछ ।
ता कि यसले तपाईंका सबै कार्यलाई सुचारु राख्न सकोस् । १० औं पुस्ताको इन्टेल कोर प्रोसेसर युक्त ल्यापटप सबै प्रकारका उपयोगका लागि कामयावी हुन्छ । चाहे त्यो काम गर्नका लागि होस्, व पढाई वा मनोरञ्जनका लागि नै किन नहोस् ।
एड्भान्स फिचरको साथमा असीमित संभावना
१० औं पुस्ताको इन्टेल कोर प्रोसेसरले एड्भान्स फिचर तथा प्रविधिका साथ संभावनाका सबै ढोका खुला राखिदिन्छ । यसले वाईफाई सिक्स तथा थण्डरबोल्ट ३.० को सहज कनेक्टिभिटीका साथै तपाईंलाई सरल रुपमा काम गर्न उचित पर्फर्मेन्स उपलब्ध गराउँछ ।
१० औं पुस्ताको इन्टेल कोर प्रोसेसर समेत इन्टेल थर्मल भेलोसिटी बूस्ट तथा इन्टेल डाइनामिक ट्युनिङ टेक्नोलोजीका साथ आउँदछ । जसले उच्च पर्फर्मेन्स तथा ब्याट्री लाइफका लागि निरन्तर रुपमा सिस्टमलाई अनुकूल रुपमा सञ्चालन गर्दछ ।
यो फिचरले १० औं पुस्ताको इन्टेल कोर प्रोसेसर युक्त ल्यापटपलाई एउटा रि डिफाइन पीसीको अनुभवका लागि सर्वश्रेष्ठ पोर्टेबल सिस्टम बनाइदिन्छ ।
यी हुन सक्छन् तपाईंका लागि सबैभन्दा उपयुक्त विकल्पः
एसर एस्पायर ५ ए५१४-५३
१० औं पुस्ताको इन्टेल कोर आई थ्री प्रोसेसरद्धारा सञ्चालित एसर एस्पायर ५ ए५१४-५३ लाई विशेष रुपमा व्यक्तिगत तथा व्यवसायिक उपयोग तथा सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको छ ।
यो ल्यापटपको स्लिम तथा हलुका बनावटका साथै शक्तिशाली प्रदर्शन यसको प्रमुख विशेषतामध्ये एक हो । यसमा रहेको इन्टिग्रेटेड इन्टेल यूएचडी ग्राफिक्सले स्मुथ मिडिया गेमिङ अनुभवलाई सम्भव बनाउँदछ ।
एचपी १४ एस-सीएफ३०४६टीयू
दशौं पुस्ताको इन्टेल कोर प्रोसेसर राखिएको यो ल्यापटपले तपाईंलाई एउटा प्रोफेसनलको रुपमा काम गर्नका लागि आवश्यक पर्फर्मेन्स तथा फिचर प्रदान गर्दछ । मुलरुपमा चार जीबी र्याम तथा एक टीबी एचडीडी स्टोरेजले मुभी तथा इमेज डाउनलोड र इमर्सिभ गेमिका लागि पर्याप्त पर्फर्मेन्स तथा स्पेस प्रदान गर्दछ ।
डेल इन्स्पिरन १५ ३५९३
१० औं पुस्ताको इन्टेल कोर आई फाइभ द्धारा सञ्चालित यो ल्यापटपले पावरफुल पर्फर्मेन्स दिन्छ । जसले तपाईंको प्रडक्टिभिटी, क्रियटिभिटी र गेमिङलाई एउटा नयाँ स्तरमा लैजान सक्छ ।
इन्टिग्रेटेड इन्टेल यूएचडी ग्राफिक्सले इमर्सिभ अडियो तथा भिजुअलको अनुभव प्रदान गर्दछ । जसबाट तपाईंले आफ्नो मनोरञ्जनका लागि कुनै सम्झौता गर्नुपर्ने छैन । यसमा रहेको चार जीबी र्यामले तपाईंको मल्टी टास्किङलाई सहज बनाइदिनेछ ।
लेनोभो आईडियल प्याड ३ १५आईआईएल०५
१० औं पुस्ताको इन्टेल कोर आई फाइभद्धारा सञ्चालित लेनोभोको यो ल्यापटपले तपाईंका हरेक कामका लागि आवश्यक पावर दिन सक्छ । ८ जीबी मेमोरी, एक टीबी स्टोरेज तथा इन्टिग्रेटेड इन्टेल आइरिस ग्राफिक्सले तपाईंको प्रडक्टिभिटीलाई बढाउनुका साथै तपाईंलाई लगातार रुपमा मनोरञ्जनका लागि समेत आवश्यक पर्फर्मेन्स दिने क्षमता राख्दछ ।
थप पर्फर्मेन्स तथा बेञ्चमार्क जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।