close

माछापुच्छ्रेको मोबाइल तथा इन्टरनेट बैंकिङबाटै तलव भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १२:२०

माछापुच्छ्रेको मोबाइल तथा इन्टरनेट बैंकिङबाटै तलव भुक्तानी गर्न सकिने

काठमाडौं।  माछापुच्छ्रे बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने सेवा दिने भएको छ । बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा ‘कर्पोरेट पे’ प्रणाली सुरु गर्ने भएको हो ।

दई पक्षिय सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यससँगै माछापुच्छ्रे बैंकका व्यवसायिक ग्राहकहरु (विभिन्न संघसंस्था, सरकारी कार्यालय) ले मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङमार्फत बैंकमा नगएरै रकम ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवा तथा राजस्वको भुक्तानी आदि कार्य गर्न सक्ने भएका छन् ।

यो प्रणालीमार्फत कनेक्टआईपीएस तथा एनसीएचएल आईपीएसमा रियल टाइम वा नन् रियलटाइम भुक्तानी कारोबार गर्न सकिने बैंकले जनाएको छ। यसमा अधिकतम सुरक्षाका उपायहरु अपनाइएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०