close

अब खल्ती वालेटमै मनकामना केबल कारकाे टिकट

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १४:३७

अब खल्ती वालेटमै मनकामना केबल कारकाे टिकट

काठमाडौं । अब मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबलकारकाे टिकट ‘खल्ती’ डिजिटल वालेट एपबाटै खरिद गर्न सक्ने भएका छन् । खल्तीले टिकटको शुल्क भुक्तानी गर्नका लागि मनकामना केबलकारसँग सम्झाैता गरेकाे हो । 

यससँगै खल्तीका ग्राहकले खल्ती डटकम वा माेबाइल एपमा रहेकाे मनकामना केबलकारकाे मेनुमा ट्याप गरी टिकेटको शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुःल्क भुक्तानी गरेपछि ग्राहकलाइ माेबाइलमै ई-टिकट प्राप्त हुने कम्पनीले जनाएको छ ।

त्यही टिकट देखाएर ग्राहकले केबलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुःल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरूलाई लामाे लाइन बस्नु पर्ने झन्झटबाट समेत मुक्ति मिल्नेछ ।

मनकामना केबलकार हाल कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेको छ । केबलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । जसले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार गर्न सकिने सहज प्रदान गर्दै आएको छ ।

खल्ती वालेटको प्रयोग गरी ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिन्छ । त्यसका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने सुविधा पनि यसमा छ ।

यसैगरी ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता थुप्रै सेवाहरु पनि यसबाट लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाएर रकम बचत गर्न पनि सकिन्छ । 

खल्तीका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी रहेको छ । यहाँ क्लिक गरी  खल्ती एप डाउनलोड गरी उपलब्ध सबै सेवा सुविधाहरु प्रयोग गर्न सकिनेछ । यो एपगुगल प्ले स्टाेर तथा एप्पल स्टाेर दुवैमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०