काठमाडौं । ओप्पोले आफ्नो रेनो फाइभ सिरिजलाई चिनियाँ बजारमा यही १० डिसेम्बरको दिन सार्वजनिक गर्ने तयारीमा छ । यो सिरिजमा कम्पनीले रेनो फाइभ, रेनो फाइभ प्रो र रेनो फाइभ प्रो प्लस गरी तीन वटा स्मार्टफोन ल्याउँदैछ ।
फोन सार्वजनिक हुनु अघि ओप्पो रेनो फाइभ प्रो प्लसका फिचर लिक भएका छन् । रेनो फाइभ प्रो प्लस यो सिरिजको सबैभन्दा हाई इण्ड स्मार्टफोन हुनेछ ।
फोनको रेण्डर इमेज वाइबोमा लिक भएको थियो । जसमा फोनको रियर प्यानल हेर्दा यो सिरिजका बाँकी दुई स्मार्टफोन जस्तै मिल्दो जुल्दो देखिन्छ ।
यो फोनको सबैभन्दा ठूलो विशेषता भनेकै यसको क्यामेरा हुने बताइएको छ । रेनो फाइभ प्रो प्लस विश्वकै पहिलो यस्तो स्मार्टफोन हुनेछ, जसमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स सेभेन एक्स एक्स सिरिजको लेन्स रहेको छ ।
क्यामेरा सेन्सरमा २ एक्स जुमका साथै १२ मेगापिक्सेलको टेलिफोटो लेन्स तथा १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स रहेको छ । हालसम्म क्यामेराको चौथो सेन्सरको बारेमा भने जानकारी प्राप्त भएको छैन ।
यस बाहेक फोनमा क्वालकम स्नाप ड्रागन ८६५ प्रोसेसर हुनेछ । यसका साथै ओप्पो प्लेन लेदर ब्याक भर्सन समेत सार्वजनिक हुनेछ ।
यस्ता छन् ओप्पो रेनो फाइभ र रेनो फाइभ प्रोका लिक भएका फिचर
ओप्पो रेनो फाइभ फाइभजी तथा रेनो प्रो फाइभजीको जानकारी समेत बाहिर आइसकेको छ । जसबाट ओप्पो रेनो फाइभमा ६.४३ इन्चको फुल एचडी डिस्ले हुने देखिएको छ ।
साथमा ९० हर्ज रिफ्रेश रेट समेत रहनेछ । यसमा क्वाड रियर क्यामेरा सेटअप (पछाडि भागमा चार वटा क्यामेरा भएको) मिल्नेछ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको सेकेन्डरी सेन्सर र दुई मेगापिक्सेलका अन्य दुई सेन्सर रहनेछन् ।
यसमा पावरका लागि ४३०० एमएएच क्षमताको ब्याट्री राखिनेछ । साथै ओप्पो रेनो प्रो फाइभजीको कुरा गर्दा यसमा ६.५५ इन्चको फुल एचडी डिस्प्ले हुनेछ ।
यो फोनमा ६४ मेगापिक्सेल, ८ मेगापिक्सेल र दुई दुई मेगापिक्सेल गरी चार वटा रियर क्यामेरा हुनेछन् । पावरका लागि यसमा ४३५० एमएएच क्षमतको ब्याट्री राखिएको बताइएको छ ।