close

भिडियो कन्फ्रेन्सिङमा के गर्ने र के नगर्ने ?

टेकपाना टेकपाना

मंसिर २३, २०७७ ८:१५

भिडियो कन्फ्रेन्सिङमा के गर्ने र के नगर्ने ?

काठमाडौं । महामारीपछि बसेको रिमोट वर्किङ र अनलाइन भिडियो कन्फ्रेन्सिङको संस्कार सिक्न अब सबैका लागि अपरिहार्य भइसकेको छ । तर हामीमध्ये कतिपय भिडियो कन्फ्रेन्सिङ मिटिङसँग अभ्यस्त छैनौं ।

यसकारण हामी थाहै नपाई कति यस्ता गतिविधिहरु गरिरहेका हुन्छौं, जुन एकदमै लज्जास्पद र हास्यास्पद हुने गर्छन् । यस्ता गतिविधि दोहोरिन नदिन आज हामी तपाईंलाई केही टिप्सहरु दिदैँ छौं । 

स्पेस सेट अप गर्नुहोस् 

भिडियो कन्फ्रेन्समा सहभागी हुनुअघि सबैभन्दा पहिले एउटा गोप्य सेटअप खोज्नुहोस् । ब्याकग्राउण्डको आवाजलाई घटाउन हेडफोन प्रयोग गर्नुहोस् ।

साथमा कोही छ भने मिटिङबारे उसलाई पूर्वजानकारी गराउनुहोस् । क्यामेरालाई पनि राम्रोसँग सेटअप गर्नुहोस्, ता कि कुनै पनि किसिमको डिस्टर्बिङ भ्यू अर्थात दृश्य नदेखियोस् ।

क्यामेराबाट धेरै टाढा वा धेरै नजिक नबस्नुहोस् । यदि तपाईं छुट्टै क्यामेरा प्रयोग गर्दैहुनुहुन्छ भने त्यसलाई स्क्रिन नजिक राख्नुहोस् । क्यामेरालाई सधैं आखाँको तहमा राख्नुहोस् । 

प्राकृतिक वा साइड लाइटिङले राम्रो काम गरेको छ वा अनुहार उज्यालो देखिएको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस् । झ्यालको नजिक कहिल्यै नबस्नुहोस् र ब्याकलाइट पनि प्रयोग नगर्नुहोस् । यसले एन्टी लाइट दिन्छ । 

आफ्नो अपिरियन्स चेक गर्नुहोस् 

मिटिङको प्रकृति अनुसार ड्रेसकोड कहिल्यै नभुल्नुहोस् । मेकअप गर्न आवश्यक छैन । तर आफ्नो लुक्स राम्रो देखिएको छ भन्ने सुनिश्चित गर्नुहोस् ।

भिडियो मिटिङमा सहभागी हुँदा स्ट्रिपवाला कपडा, कडा रंग वा कालो रंगको कपडा नलगाउनुहोस् यसले क्यामेरालाई डिस्ट्रयाक्ट गर्दछ । 

कल गर्नु अघि सफ्टवेयर चेक गर्नुहोस् 

पहिलोपटक भिडियो कन्फ्रेन्स आयोजना गर्दै हुनुहुन्छ भने उक्त सफ्टवेयरलाई कल सुरु गर्नुअघि परीक्षण गर्नुहोस् । आफूसँग वाईफाई कनेक्सन पनि ठिक छ र डिभाइसमा पनि चार्ज छ भन्ने सुनिश्चित गर्नुहोस् । कल सुरु गरिसकेपछि सबैले सुनेको छ कि छैन चेक गर्नुहोस् । 

भिडियो तथा अडियो टर्न अन र अफ गरेको थाहा पाउनुहोस् 

कहिलेकाँही आफ्नो भिडियो र अडियो अफ भएको सोचेर मानिसहरु अनौपचारिक भइदिन्छन् । यस्तो अवस्था एकदमै लज्जास्पद हुन्छ ।

त्यसले अडियो भिडियो अन अफ भएको सुनिश्चित गर्नुहोस् । मिटिङको बीचमा कतै जानु पर्‍यो वा उठ्नु पर्‍यो भने भिडियो अडियो अफ गरिदिनुहोस् । 

बोल्नु अघि संकेत दिनुहोस् 

भिडियो कन्फ्रेन्सको दौरान पालो नआई बीचमा बोल्नु पर्‍यो भने हात उठाउने आइकन थिच्ने तथा च्याटबक्समा लेखेर जानकारी गराउने बानी बसाल्नुहोस् ।

भिडियो कन्फ्रेन्सको दौरान कोही बोलिरहँदा बीचमा बोल्ने बानीले अरुलाई डिस्टर्ब गर्नुका साथै यस्तो बानी आफैंमा राम्रो मानिदैँन । 

ध्यान केन्द्रीत गर्नुहोस् 

भिडियो कन्फ्रेन्समा सहभागी भइरहँदा अन्तरक्रियामै केन्द्रीत हुनुहोस् । आर्टिकल पढ्ने, ईमेल पठाउने तथा अन्य गतिविधि गर्ने बानी हटाउनुहोस् ।

आफ्नो बोल्ने पालोमा सधैं क्यामेरामा हेर्नुहोस् । आफूलाई वा अरु कसैलाई हेर्नु भयो भने तपाईं अन्य कुनै कुरामा व्यस्त भएको जस्तो देखिन्छ ।

कसैले स्क्रिन शेयर गर्दा उसको कुरा र भिडियोमा ध्यान दिनुहोस् । कुरा गर्दागर्दै पज भएको स्थितिमा शारीरिक हाउ भाउले कनेक्सन लस्ट भएको छैन भन्ने संकेत दिइरहनुहोस् । 

स्क्रिन शेयरिङ

यदि तपाईं स्क्रिनमा भिडियो शेयर गर्दै हुनुहुन्छ भने अगाडि नै तयारी अवस्थामा बस्नुहोस् । डेस्कटप वा ब्राउजरमा केही प्रोग्रामहरु छन् भने त्यसलाई हटाइदिनुहोस् । कुनै पनि गोप्य वा संवेदनशिल सूचनालाई लुकाइदिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०