close

सामसङले ल्यायो ११० इन्चको टिभी, एकसाथ ४ जनाले फरक फरक सामग्री हेर्न सक्ने

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १९:९

सामसङले ल्यायो ११० इन्चको टिभी, एकसाथ ४ जनाले फरक फरक सामग्री हेर्न सक्ने

काठमाडौं । सामसङले ११० इन्च आकारको आफ्नो माइक्रो एलईडी टिभी सार्वजनिक गरेको छ । पहिलो पटक दक्षिण कोरियामा सार्वजनिक गरिएको यो टिभीको मूल्य ११७० मिलियन केआरडब्लू अर्थात एक करोड ८४ लाख रुपैयाँ रहको छ ।

यो टिभी दक्षिण कोरियामा प्रि सेलका लागि उपलब्ध गराइएको हो । नयाँ स्मार्ट टिभी यस अघि सार्वजनिक सुपर साइज टिभीभन्दा फरक प्रकारको छ ।

यो स्मार्ट टिभीमा अल्ट्रा एचडी रेजोलुसन तथा एचडीआर माइक्रो एलईडी स्क्रिन राखिएको छ । यसमा प्रयोग गरिएको माइक्रो एलईडी डिस्प्लेमा माइक्रो साइजको एलईडी प्रयोग गरिएको छ ।

जसले गर्दा ब्याकलाइट तथा कलर फिल्टरको आवश्यकतालाई फेरिदिएको छ । जस्तै कि ओएलईडी टिभीमा हेर्न सकिन्छ ।

यसमा म्याजेस्टिक साउन्ड सिस्टमको सपोर्ट दिइएको छ । जसले ५.१ च्यानल सराउन्डलाई सोझै टिभीबाट डेलिभर गर्न सक्छ ।

यो स्मार्ट टिभी ट्र्याकिङ साउण्ड सिस्टमका साथ बजारमा आएको छ । जसले उच्च स्तरको स्क्रिन मुभमेन्टलाई फलो गर्दछ ।

यो टिभीमा रहेका अन्य फिचरको कुरा गर्ने हो भने ११० इन्चको यो स्मार्ट टिभीमा मल्टी भ्यूको सपोर्ट समेत दिइएको छ । जसको सहयोगमा स्क्रिनलाई चार फरक आकारको अप्सनमा विभाजन गर्न सकिन्छ ।

यसको अर्थ एकसाथ चारजनाले यो टिभीमा चार फरक फरक सामग्री हेर्न सक्छन् । साथै यो टिभीलाई ५५ इन्चको स्क्रिन साइजमा समेत बदल्न सकिन्छ ।

सामसङको यो स्मार्ट टिभी मोड्युलर टिभी नभएर एउटा प्रि फेब्रिकेटेड टिभी हो । कम्पनीले माइक्रो एलईडी टिभीको मास प्रडक्सन गर्ने जनाएको छ । साथै कम्पनीले सानो स्क्रिन साइजमा समेत माइक्रो एलईडी टिभी ल्याउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०