close

१० मिनेटमै फुल चार्ज हुने र एक पटकको चार्जमा ५०० किलोमिटर गुड्ने कार ल्याउँदै टोयोटा

टेकपाना टेकपाना

मंसिर २६, २०७७ २१:८

१० मिनेटमै फुल चार्ज हुने र एक पटकको चार्जमा ५०० किलोमिटर गुड्ने कार ल्याउँदै टोयोटा

काठमाडौं । आजको समयमा दश मिनेटमा फुल चार्ज भएर त्यही सिङ्गल चार्जमा पाँच सय किलोमिटरको दूरी तय गर्नु भनेको सवारी साधनको ब्याट्रीमा गेम चेन्जिङ फिचर नै मान्नुपर्छ । गाडी निर्माणकर्ता कम्पनी टोयोटाले हालै यस्तै किसिमको सोलिड स्टेट ब्याट्री तयार गरेको छ ।

जुन विद्युतीय सवारी मात्र नभएर सिङ्गो प्रविधि क्षेत्रकै लागि गेम चेन्जर सावित हुनेछ । परम्परागत लिथियम आयन ब्याट्रीमा चल्ने विद्युतीय सवारीले सामना गर्दै आइरहेका सबै किसिमका समस्याको यसले हल गर्ने अपेक्षा गरिएको छ ।

टोयोटाले सन् २०२० को सुरुवातमै सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने पहिलो विद्युतीय कार कम्पनी बन्ने योजना लिएको थियो । कम्पनीले उक्त प्रोटोटाइपलाई अब अर्को वर्ष सार्वजनिक गर्ने योजना तय गरेको छ ।

टोयोटाले विकास गरेको यो विद्युतीय गाडीले परम्परागत लिथियम आयन ब्याट्रीको तुलनामा दुई गणा बढी दूरी कायम गर्दछ । टोयोटाले यस किसिमको प्रविधि विकास गर्दैगर्दा इन्टेरियर स्पेसमा भने कम्पनीले कुनै पनि किसिमको सम्झौता गरेको छैन । 

लिथियम आयन ब्याट्रीको तुलनामा राम्रो विकल्प बन्ने अपेक्षा गरिएको सोलिड स्टेट ब्याट्रीले एक्युयस इलेक्ट्रोलाइट सोलुसन प्रयोग गर्दछ । यस किसिमको नवीन ब्याट्री प्रविधिमा आगो लाग्ने र ऊर्जा घनत्व बढ्ने जोखिम हुँदैन ।  

यो ब्याट्री प्रयोग भएको विद्युतीय सवारीलाई फुल चार्ज गर्न दश मिनेटको समय मात्र लाग्दछ । यसले ब्याट्री रिचार्ज हुने दुई तिहाई समय कटौती गरेको छ । 

सोलिड स्टेट ब्याट्री प्रविधिलाई लिएर टोयोटासँग हजारभन्दा धेरै प्याटेन्ट अधिकार दर्ता छन् । निसान मोटरले पनि सन् २०२८ सम्ममा आफ्नै सोलिड स्टेट ब्याट्री निर्माण गर्नेछ, जसले नन सिमुलेसन सवारी साधनलाई बल पुर्‍याउने योजना लिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४