close

रेडिटले किन्यो टिकटकको प्रतिस्पर्धी डबस्म्यास

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १३:३४

रेडिटले किन्यो टिकटकको प्रतिस्पर्धी डबस्म्यास

काठमाडौं । छोटो भिडियोको सोसल प्लेटफर्म डबस्म्यासलाई अर्को सोसल मिडिया रेडिटले किनेको छ । डबस्म्यास अहिलेको चर्चिट छोटो भिडियो सेयर गर्ने प्लेटफर्म टिकटकको प्रतिस्पर्धी हो ।

रेडिटले यसलाई खरिद गरे पनि यसको ब्राण्ड नाम परिवर्तन हुने छैन । साथै, डबस्म्यासको भिडियो निर्माण गर्ने टुल अब रेडिटमा पनि प्रयोग हुनेछ ।

डबम्यासको भिडियो निर्माण गर्ने टुल प्रयोग भएपछि रेडिटमा पनि भिडियोको प्रयोग बढ्ने विश्वास छ । रेडिटले सन् २०१७ देखि नै भिडियो पोष्ट गर्ने सुविधा दिए पनि यसको भिडियो सम्पादन गर्ने टुल सीमित छ र रेडिटमा पोष्ट भएका अधिकांश भिडियो अन्यत्रै होस्ट भएका हुन्छन् ।

डबस्म्यास खरिदको जानकारी दिए पनि दुवै पक्षले कतिमा खरिद बिक्री भएको भन्ने खुलाएका छैनन् । यो वर्षको सुरुवातमा एप अनीले प्रकाशित गरेको तथ्यांक अनुसार अमेरिकी बजारमा डबस्म्यासको हिस्सा टिकटकपछि दोस्रो नम्बरमा छ ।

डबस्म्यासले आफ्नो आफ्नो मासिक प्रयोगकर्ताको तथ्यांक सार्वजनिक नगरे पनि वाल स्ट्रिट जर्नलमा प्रकाशित तथ्यांक अनुसार यसमा मासिक एक अर्ब भन्दा बढी पटक भिडियो हेरिन्छ । रेडिटले भर्खरै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यसमा दैनिक ५ करोड २० लाख बढी दैनिक प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४