close

गुगलले विज्ञापनमा एकाधिकार गरेको भन्दै अमेरिकी राज्यद्धारा मुद्दा दायर

टेकपाना टेकपाना

पुस २, २०७७ १८:५

गुगलले विज्ञापनमा एकाधिकार गरेको भन्दै अमेरिकी राज्यद्धारा मुद्दा दायर

काठमाडौं । गुगलले विज्ञापनमा एकाधिकार कायम गरेको भन्दै अमेरिकाका विभिन्न राज्यले संयुक्त रुपमा मुद्दा दायर गरेका छन् । अनलाइन विज्ञापन बजारमा आफ्नो एकाधिकारको अवस्था सिर्जना गरेको भन्दै टेक्ससको नेतृत्वमा १० अमेरिकी राज्यहरूले गुगल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनीहरुले अनलाइन विज्ञापन बजारमा आप्mनो एकाधिकार कायम राख्न गुगलले गैरकानुनी कदम चालेको आरोप समेत लगाएका छन् । त्यतिमात्रै नभएर उक्त मुद्दामा फेसबुकलाई समेत जोडिएको छ ।

उनीहरुले गुगलले फेसबुकस“ग मिलेर अनलाइन विज्ञापन बजारमा एकाधिकार बनाउने कार्य भइरहेको जनाएका छन् ।

‘अनलाइन विज्ञापन लिलामीको हेरफेर गर्न गुगलले फेसबुकस“ग सम्झौता गरेको छ,’ उक्त मुद्दामा भनिएको छ, ‘गुगलको अनलाइन विज्ञापन बजारको नियन्त्रणलाई लक्षित गरेको छ ।’

तर, यो विषयलाई गुगलले भने अस्वीकार गरेको छ । उसले यो विषयमा आपूm अदालतमा कडा रुपमा पस्तुत हुने तयार रहेको समेत जनाएको छ ।

‘हामीले व्यवसाय र उपभोक्तालाई फाइदा पुर्‍याउने गरी स्टेट अफ आर्टसहितको अत्याधुनिक विज्ञापन उपलब्ध गराउ“दै आएका छौं । यसले गर्दा गत वर्षहरुमा भन्दा डिजिटल विज्ञापन शुल्क समेत घटिरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४