काठमाडौं । अनलाइन अर्डरमा खाना डेलिभरी सेवा दिँदै आएको कम्पनी फुडमारियोले ‘अनलाइन फुड कार्निभल २०२०’ आयोजना गर्ने भएको छ । सहभागी रेष्टुेन्टको विशेष परिकारहरु आकर्षक मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ अनलाइन मेला आयोजना हुने भएको हो ।
कार्निभल यही डिसेम्बर २५ देखि ३१ तारिख (पुस १० देखि १६) सम्म अनलाइनमा आयोजना हुनेछ । एक साता चल्ने उक्त कायक्रममा खाना अर्डर गर्नुका साथै ग्राहकले विभिन्न गेमका र मनोरञ्जनका कार्यक्रमबाट समेत लाभ लिन सक्नेछन् ।
अघिल्ले वर्ष जस्तै यस वर्ष पनि ग्राहकले विभिन्न उपहार समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले अनलाइन अर्डर गरी डिजिटल भुक्तानी गर्दा थप छूट समेत प्राप्त गर्ने कम्पनीका सीईओ रोहित तिवारीले बताए ।
तिवारीका अनुसार उक्त कार्यक्रममा विभिन्न कम्पनी तथा स्टार्टअपहरुको सहकार्यमा ग्राहकलाई हरेक दिन विभिन्न उपहार प्रदान गरिनेछ । हालसम्म कार्निभलमा सहकार्यका लागि १२ वटा कम्पनी तय भइसकेका छन् भने थप सहकार्यको प्रक्रिया जारी छ ।