close

मानव मस्तिष्क पढ्न सकिने प्रविधि विकास गर्दै फेसबुक

टेकपाना टेकपाना

पुस ४, २०७७ १४:५६

मानव मस्तिष्क पढ्न सकिने प्रविधि विकास गर्दै फेसबुक

काठमाडौं । फेसबुक एउटा यस्तो प्रविधिको विकासमा जुटेको छ, जसमार्फत मानिसको मस्तिष्क पढ्न सकिने दाबी गरिएको छ । वास्तवमा फेसबुकले एउटा नयाँ न्युरल सेन्सर बनाउने योजनामा काम गरिरहेको छ ।

जसले मानिसको दिमागलाई पढ्न सक्नेछ । यो नयाँ परियोजना कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स डोमेनको रुपमा अगाडि आउनेछ ।

यसैगरी फेसबुकले अर्को एक नयाँ टुल समेत घोषणा गरेको छ, जसले समाचारलाई बुँदागत रुपमा सारांशको रुपमा तयार पार्नेछ । जसबाट पाठकलाई अधिक समय खर्च गर्नुपर्ने छैन ।

फेसबुकको यो कदमले प्रकाशकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्ममा भने प्रभावित पार्न सक्नेछ । यो घोषणा फेसबुकको वार्षिक बैठकका दौरान गरिएको हो ।

कम्पनीमा काम गर्ने सबैको सहभागिता रहेको यो बैठकको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । तर बजफिड न्यूजले अडियो रेकर्डिङ हात पारेको छ, जुन सबै कर्मचारिका लागि प्रसारण गरिएको थियो ।

जसमा फेसबुकले केही गम्भीर योजनाको खुलासा गरेको छ, जुन एआई क्याटेगरीमा अपग्रेडेसनसँग सम्बन्धित छन् ।

सीटीआरएल ल्याबको माध्यमबाट हुनेछ न्युरल सेन्सरको विकास

सीटीआरएल ल्याबले कम्पनीका संसाधन उपयोग गरेर न्युरल सेन्सरको विकास गर्नेछ । यो कम्पनीलाई फेसबुकले सन् २०१९ मा अधिग्रहण गरेको थियो ।

रिपोर्ट अनुसार सेन्सरले मस्तिष्कबाट न्युरल सिग्नललाई मेरुदण्डको हड्डी तथा अंगमार्फत जोर्नीसम्म पुर्‍याउनेछ । यसले प्रयोगकर्तालाई आफ्नो विचारको आधारमा शारीरिक प्रतिक्रियाका लागि अनुमति दिनेछ ।

फेसबुकका अनुसार यसले प्रयोगकर्तालाई एउटा भर्चुअल वस्तु राख्न, टाइप गर्न र भिडियो गेममा एउटा क्यारेक्टर कन्ट्रोल गर्नका लागि सहयोग गर्नेछ । एकप्रकारले यो नवजात मस्तिष्क पढ्ने प्रविधि जस्तै हो ।

जसमा एलन मस्कको न्युरल कम्पनीले काम गरिरहेको छ । फेसबुक यस किसिमको प्रविधि विकसित गर्न सक्छ वा सक्दैन भन्ने कुरा चाहिँ हेर्न बाँकी छ ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०