close

अनलाइनबाटै यसरी खोल्नुहोस् एनआईसी बैंकको खाता, मोबाइल बैंकिङ सहित डेबिट र क्रेडिट कार्ड निःशुल्क

टेकपाना टेकपाना

पुस ४, २०७७ १६:४८

अनलाइनबाटै यसरी खोल्नुहोस् एनआईसी बैंकको खाता, मोबाइल बैंकिङ सहित डेबिट र क्रेडिट कार्ड निःशुल्क

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनबाट खाता खोल्दा मोबाइल बैंकिङसँगै डेबिट तथा क्रेडिट कार्ड निःशुल्क दिने भएको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्दा चमत्कारिक सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराउने भएको हो ।

यहाँ क्लिक गरी न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाताका लागि न्युनतम ब्लाेन्स र प्राप्त हुने ब्याजदरको विषयमा जानकारी लिन सक्नुहुनेछ ।

अनलाइनबाटै कसरी खोल्ने खाता ?

  • अकाउन्ट खोल्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • त्यसपछि अब ‘आई असेप्टेड द टर्म्स एण्ड कन्डिसन्स अफ एनआईसी एसिया बैंक’ को अगाडिको बक्समा टिक लगाउनुहोस् ।
  • यति गरेपछि एउटा फर्म खुल्छ । त्यहाँ ‘मिस, एमआर, एमआरएस वा माइनर’ मध्ये आफू सुहाउँदो एउटा विकल्पमा टिक लगाउनुहोस् ।
  • त्यस अघि रहेको अकाउन्टको क्याटेगोरीमा पनि टिक लगाउनुहोस् ।
  • त्यसपछि नाम, मोबाइल नम्बर, ईमेल र क्याप्चा कोड मिलाएर अन्त्यमा दायाँतर्फ रहेको प्रोसिड बटनमा क्लिक गर्नुहोस् ।
  • यति गरिसकेपछि तपाईंले भर्खरै राखेको मोबाइल नम्बर र ईमेलमा एउटा ओटीपी कोड आउँछ । त्यसलाई राख्नुहोस् र फेरी प्रोसिड बटनमा थिच्नुहोस् ।
  • अब त्यसमा आफूलाई पायक पर्ने कुनै एउटा ब्राञ्च रोज्नुहोस् । त्यसपछि तपाईं देशभित्र वा बाहिर कहाँबाट खाता खोल्दै हुनुहुन्छ, त्यो पनि खुलाउनुहोस् ।
  • आफ्नो जन्म मिति उल्लेख गर्नुहोस् । लिङ्ग, मुद्रा, राष्ट्रियता, बुबा तथा बाजेको नाम र आमाको नाम पनि खुलाउनुहोस् ।
  • अब आफ्नो स्थायी ठेगाना भरेर नागरिकता वा राहदानी मध्ये कुन प्रकारको कागजात उपलब्ध गराउन चाहनुहुन्छ, त्यो पनि रोज्नुहोस् र पुनः प्रोसिड बटन थिच्नुहोस् ।
  • यदि कुनै विवरण भर्न बाँकी छ भने तपाईंले फेरी मौका उपलब्ध हुनेछ । सबै विवरण भरिसकेपछि अब तपाईंले त्यहाँ तपाईंले आफ्नो पासपोट साइजको फोटो र नागरिकता वा राहदानीको अगाडि र पछाडि भागको फोटोकपी अपलोड गर्नुहोस् र प्रोसिड बटनमा क्लिक गर्नुहोस् ।
  • यति गरेसँगै एनआईसी एसिया बैंकमा खाता खोल्नका लागि तपाईंको प्रारम्भिक प्रक्रिया पुरा हुन्छ र तपाईंको ईमेलमा एउटा मेल आउँछ । जसबाट तपाईंले अनलाइन खाता खोल्ने बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०